‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ माघ, २०७९
१ वर्षअघि
आईबीडी

इन्स्टेन्ट ब्लड डोनर’ (आईबीडी)ले आफ्नाे प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न गरेकाे छ ।

रक्तदाता र रगत आवश्यक पर्नेबीच समन्वय गर्दै आइरहेकाे आईबीडीकाे प्रथम अधिवेशनले अध्यक्ष सुरेन्द्र मल्लको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

२०७५ फागुनबाट सुरू भएकाे संस्थाले चार वर्षदेखि निरन्तर काम गर्दै आइरहेकाे छ । अनौपचारिक रुपमा चार वर्षअघि सुरू भएकाे संस्थाले २०७९ मा संस्था दर्ता प्रकृया पूरा गरेसँगै प्रथम साधारणसभा सम्पन्न गरेकाे हाे ।

‘बिरामी र रक्तदाताबीच मध्यस्तकर्ता’काे भूमिका निर्वाह गर्ने मुल उद्देश्यसहित स्थापित संस्थाले रगतको खाँचो परेका बिरामीहरुलाई रक्तदातासँग तत्काल सम्पर्क गराई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसबाहेक समय-समयमा सचेतना कार्यक्रम, रक्तदान शिविर तथा नेतृत्व विकास सम्बन्धि तालिमहरु पनि आयोजना गर्दै आइरहेको छ । 

समितिकाे उपाध्यक्षमा सुस्मिता श्रेष्ठ, सचिवमा विष्णु कार्की, सहसचिवमा निकेश मैनाली, कोषाध्यक्षमा रितेश अग्रवाल र सदस्यमा कविता काेइराला रहेकी छन् । आईबीडीकाे नयाँ कार्यसमितिकाे पहिलाे बैठकले बाँकी सदस्य पदपूर्ति गर्ने अध्यक्ष मल्लले बताएका छन् ।

प्रकाशित समय: शनिवार ७ माघ, २०७९, २२:१३:४२

सम्बन्धित खबर

विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

सोमबार १० ब‌ैशाख, २०८१
२ दिनअघि

एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल

सोमबार १० ब‌ैशाख, २०८१
२ दिनअघि

भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु

सोमबार १० ब‌ैशाख, २०८१
२ दिनअघि

डढेलोले घर सल्किएपछि गहना जोगाउन घरभित्र पसेकी वृद्धाको जलेर मृत्यु

आईतबार ९ ब‌ैशाख, २०८१
३ दिनअघि

इटहरीबाट समातियो सहकारीमा लुटपाट गर्ने गिरोह

शनिवार ८ ब‌ैशाख, २०८१
४ दिनअघि

राजीनामा दिएर मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री केदार कार्कीलाई आग्रह

बिहिबार ६ ब‌ैशाख, २०८१
६ दिनअघि
एन्फा महिला लिग : गण्डकीलाई हराउँदै शीर्ष स्थानमा कोशी
बुधबार १२ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो
बुधबार १२ ब‌ैशाख, २०८१
बोलेरोसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
बुधबार १२ ब‌ैशाख, २०८१
सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत् प्राधिकरणबीच किचलो
मङ्गलबार ११ ब‌ैशाख, २०८१
विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक
सोमबार १० ब‌ैशाख, २०८१
एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल
सोमबार १० ब‌ैशाख, २०८१
कतारका राजा आउने दिन सार्वजनिक बिदा
सोमबार १० ब‌ैशाख, २०८१
भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु
सोमबार १० ब‌ैशाख, २०८१
डढेलोले घर सल्किएपछि गहना जोगाउन घरभित्र पसेकी वृद्धाको जलेर मृत्यु
आईतबार ९ ब‌ैशाख, २०८१
कोशी प्रदेशमा सुरु भयो पूर्व-पश्चिम राजमार्गलाई चार लेन बनाउने काम
आईतबार ९ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०