काठमाडौं । काठमाडाैंबाट पोखरा जाने क्रममा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा ११ विदेशी र तीन बालबालिका रहेकाे खुलेकाे छ ।
दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमानबाट हालसम्म ३२ शव निकालिएकाे छ ।
काठमाडौंबाट पोखराका लागि उडेको विमान सेती दोभानमा दुर्घटनामा परेको थियो । कुल ७२ यात्रु सवार रहेको विमानस्थलमा ६८ यात्रु र ४ चालक दलका सदस्य रहेका थिए ।
हाल नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्दारको कार्य सञ्चालन गरिरहेका छन् ।