अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १५ पुस, २०७९
१ वर्षअघि
पेले

तीन पटकका विश्व च्याम्पियन ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ ।

८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ ।

ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए ।

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

प्रकाशित समय: शुक्रबार १५ पुस, २०७९, ०९:२४:४७
एन्फा महिला लिग : गण्डकीलाई हराउँदै शीर्ष स्थानमा कोशी
बुधबार १२ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो
बुधबार १२ ब‌ैशाख, २०८१
बोलेरोसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
बुधबार १२ ब‌ैशाख, २०८१
सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत् प्राधिकरणबीच किचलो
मङ्गलबार ११ ब‌ैशाख, २०८१
विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक
सोमबार १० ब‌ैशाख, २०८१
एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल
सोमबार १० ब‌ैशाख, २०८१
कतारका राजा आउने दिन सार्वजनिक बिदा
सोमबार १० ब‌ैशाख, २०८१
भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु
सोमबार १० ब‌ैशाख, २०८१
डढेलोले घर सल्किएपछि गहना जोगाउन घरभित्र पसेकी वृद्धाको जलेर मृत्यु
आईतबार ९ ब‌ैशाख, २०८१
कोशी प्रदेशमा सुरु भयो पूर्व-पश्चिम राजमार्गलाई चार लेन बनाउने काम
आईतबार ९ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०