नर्वेजियन युवा स्ट्राइकर इयर्लिङ हालान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन् ।
मङ्गलबार सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डका हालान्ड अनुबन्ध गरेको पुष्टि गरेको छ । सिटीले हालान्डसँग ५१ मिलियन युरोमा सहमति भएको जनाएको छ ।
सिटीले हालान्डसँग पाँच वर्षको सम्झौता गरेको बताइएको छ । २१ वर्षीय हालान्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमन्ड आएका थिए ।