नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ ब‌ैशाख, २०७९
४ वर्षअघि
मैत्रीपूर्ण खेल

नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग फुटबल खेल्न लागेको हो ।

एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले त्यसैको तयारीका लागि अफगानिस्तानसँग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायले जानकारी दिए ।

नेपाली टोलीले अहिले एएफसी एसिया कप छनोट खेलको बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ सदस्सीय खेलाडी छनोट गरी तयारी सुरु गरेका छन् ।

चीन हुने प्रतियोगिताका लागि कुवेतमा हुने छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।

कठिन समूहमा रहेको नेपाललाई ठुला टोलीसँग छनोट खेल खेल्न निकै चुनौतीपूर्ण रहेको छ ।

मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोली छनोट हुन सक्दैन भन्दै सार्वजनिक रूपमा बताइसकेका छन् भने खेलाडीले अन्तिम समयसम्म सुखद नतिजाका लागि लड्ने बताएका छन् ।

नेपालको समूहका छनोट खेलहरू कुवेतमा आयोजना हुने छन् ।

नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो ।

छनोट प्रतियोगिताका लागि समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।

एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ ।

जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहका उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुने छन् ।

जसअन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्ने छ।

यस्तै, अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

त्यसअघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन ।

एसियाका २४ टोलीलाई हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

प्रकाशित समय: सोमबार ५ ब‌ैशाख, २०७९, ०७:१७:१३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०