लगातार ६२ दिन उल्टो हिँडेर मेचीदेखि महाकाली पुगे ऋषि परियार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ चैत, २०७८
४ वर्षअघि
ऋषि परियार

दाङ तुलसीपुर–३ रानागाउँका ऋषिराम परियारले लगातार ६२ दिन उल्टो हिँडेर मेची–महाकाली यात्रा पूरा गरेका छन् ।

माघ १५ गते पूर्व झापाको मेची पुलबाट यात्रा सुरु गरेका परियारले बिहीबार दिउँसो पश्चिम महाकालीको गड्डाचौकीमा पुगेर उल्टो पैदलयात्रा पूरा गरेका हुन् ।

नेपाललाई अन्र्तराष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ यात्रा सुरु गरेका ऋषिले दुई महिना दुई दिन लगातार उल्टो हिँडेर मेची–महाकालीसम्मको एक हजार २४ किलोमिटर दुरी छिचोलेका हुन् ।

गड्डाचौकी पुगेपछि उनले सबैबाट राम्रो साथ र सहयोग पाएको कारण गन्तव्यमा पुग्न आफू सफल भएको बताए ।

यस्तै, उनले आफनो यात्रामा सहयोग गर्ने आम नागरिक, सुरक्षाकर्मी, प्रशासन, सञ्चारकर्मी तथा पत्रकार सबैमा धन्यवाद तथा आभार प्रकट गरे ।

ऋषि यात्रामा एक्लै भएपनि सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीहरू पनि सँगसँगै हिँडेर साथ दिएका थिए ।

मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँडेका थिए ।

स्वस्थ बन्न दैनिक कम्तिमा एक घण्टा अनिवार्य हिँड्नु पर्छ भन्ने स्वास्थ्य सन्देश लिएर विश्व रेकर्ड राख्ने सोचले उल्टो यात्रामा निस्किएका हुन् ।

यसअघिसमेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका परियार उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्यमा छन् ।

हातले टेकेरसमेत हिँड्न सक्ने क्षमता भएका परियारले २०७३ सालमा दुई हातले टेकेर दुई किलोमिटर यात्रा गरेका थिए ।

विसं २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि भने उनको मनमा फरक ढङ्गका क्रियाकलाप गरेर समाजमा केही शिक्षा दिने मनसाय बनाएका थिए ।

सोहीअनुरूप उनले सन् २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखेका थिए ।

‘द मोस्ट जम्पिङ्ग जक्स इन वान मिनेट’ को रेकर्ड परियारको नाममा छ ।

परियारले भारतीय नागरिकले एक मिनेटमा सय १६ पटक जम्पिङ्ग जक्स गर्दै बनाएको कीर्तिमान परियारले एक सय २३ पटक गर्दै भङ्ग गरेका थिए ।

नेपालका ‘विश्व रेकर्डधारी’ ऋषिको नाममा थपियो अर्को कीर्तिमान !

ऋषि परियारको उल्टो यात्राको सन्देश यस्तो

काँकडभिट्टाबाट उल्टो हिँडेर मेचीकाली यात्राको थालनी

प्रकाशित समय: शुक्रबार १८ चैत, २०७८, ०८:१७:२४
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०