लगातार तीन जित निकाल्दै नेपाल फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
२ वर्षअघि
नेपाल फाइनलमा

पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सम्मेलित त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको (पिएनजी)माथि ३७ रनको जित हात पार्दै नेपाल उपाधि नजिक पुगेको हो ।

लगातार तेस्रो जित निकालेको नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो ।

अब, लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको थियो ।

दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

त्रिवि मैदानमा नेपालले जितमा लागि दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पिएनजी १९ दशमलव चार ओभरमा सबै विकेटको क्षतिमा एक सय ६६ रनमा समेटिएको थियो ।

पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए ।

यस्तै, टोनी उराले ४३, सेसे बाउले २५, नोरमान भानुले १७ र रिले हेकुरेले ६ रन बनाए ।

बलिङमा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए ।

सोमपाल कामी र अविनास बोहराले दुई दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले जितका लागि बलियो गोगफल तयार पारेको थियो ।

ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हाने ।

रोहित पौडेलले ४१ रन बनाए ।

रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाए ।

अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गरेका हुन् ।

अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए ।

बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए ।

लगातार तीन खेल जितेपछि नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

लगातार तीन खेल हारेको पिएनजीले खाता खोल्न सकेको छैन ।

मलेसिया दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई-दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुने छ ।

शुक्रबार पिएनजी र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल सोमबार हुने छ ।

प्रकाशित समय: बिहिबार १७ चैत, २०७८, १६:१३:४५
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८