पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
४ वर्षअघि
पोर्चुगल र पोल्यान्ड

पोर्चुगल र पोल्यान्ड यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ का लागि छनोट भएका छन् ।

युरोपियन छनोटको प्ले अफअन्तर्गत फाइनल खेल जित्दै पोल्यान्ड र पोर्चुगलले विश्वकपका लागि कतार भ्रमण पक्का गरका हुन् ।

पोर्चुगल लगातार छैटौँ पटक विश्वकपमा छनोट भएको हो ।

युरोपियन छनोटअन्तर्गत मङ्गलबार राति भएको प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोलले हराउँदै पोर्चुगलले कतार भ्रमण निश्चित गरेको हो ।

पोर्टोस्थित पोर्चुगलको मैदानमा घरेलु टोलीलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ३२औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

६५औँ मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

यस्तै, गएराति भएको युरोपियन छनोटतर्फको प्लेअफको खेलमा स्विडेनलाई २–० गोलले हराउँदै पोल्यान्डले कतार यात्रा तय गरेको छ ।

घरेलु मैदानमा पोल्यान्डलाई जिताउन रोबर्ट लेवान्डोस्की र पाइट्र लिजेन्स्कीले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा दुई गोल गर्दै पोल्यान्डले कतार भ्रमण निश्चित गरेको हो ।

खेलको ४९औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७२औँ मिनेटमा जिलेन्स्कीले गोल गरेपछि पोल्यान्ड २–० गोलले विजयी भयो ।

छनोटका नियमित खेलबाट छनोट हुन असफल भएका कारण यी दुवै टिमले प्ले अफका खेल खेलेका थिए ।

अब युरोपबाट विश्वकपमा छनोट हुने एक टिमको टुङ्गो लाग्न बाँकी छ ।

जसमा स्कटल्यान्ड र युक्रेनबीच खेल हुने छ । यो खेल जुनमा हुने तय छ । विजेताले वेल्ससँग भिड्ने छ ।

अब युरोपबाट वेल्स वा स्कटल्यान्ड र युक्रेन मध्ये एक टिम विश्वकपमा पुग्नेछन् ।

यसपटकको विश्वकप २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म चल्ने छ ।

विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरू समरमा नभई विन्टरमा हुन लागेको हो ।

यस विश्वकपमा स्थान बनाउनका लागि विभिन्न राष्ट्रहरूले छनोट खेल खेलिरहेका छन् ।

युरोपियन च्याम्पियन इटाली भने लगातार विश्वकपमा छनोट हुन असफल भयो ।

बिहीबार राति भएको युरोपियन छनोटको प्ले अफ खेलमा नर्थ म्याकाडोनियासँग १–० गोलले हारेसँगै इटालीको कतार यात्रा असम्भव भएको हो ।

पोर्चुगल कतार विश्वकप छनोट नजिक, वेल्स र स्विडेन पनि विजयी

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, ०८:३५:०७
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०