ट्राई नेसन टी२०आई सिरिजमा नेपाल र पिएनजी भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
टी२०आई

त्रिकोणात्मक टी२०आई सिरिज अन्तर्गत आज घरेलु टोली नेपालले पपुवा न्युगिनीसँग सिरिजको पहिलो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने ट्राई नेसन सिरिजमा नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सहभागी हुँदैछन् ।

आज हुने पहिलो खेलमा पिएनजीविरुद्ध जित दर्ता गर्दै नेपाल घरेलु टोलीमा विजयी सुरुवात गर्न चाहन्छ । तर नेपाललाई पिएनजीविरुद्ध खेल्न त्यति सहज भने हुनेछैन ।

दुई एकदिवसिय खेल र ट्राई नेसन सिरिजका लागि नेपाल भ्रमणमा आएको पिएनजीले नेपालविरुद्धको एक दिवसिय सिरिज २-० ले क्लिन स्विप गर्दै आफ्नो क्षमता देखाइसकेको छ ।

आईसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, युएई र पिएनजी सम्मिलित त्रिकोणात्मक एक दिवसिय सिरिजमा नेपालविरुद्धको दुवै खेल गुमाएको पिएनजीले त्यसलगत्तैको नेपाल भ्रमणमा घरेलु टोलीलाई उत्कृष्ट प्रदर्शन गर्दै हार चखाएको थियो ।

ब्याटिङ चले पनि बलिङमा कमजोर देखिएको नेपाल आज सोही गल्तिलाई सच्याउँदै पिएनजीलाई हराउन चाहन्छ । तर घरेलु टोलीलाई लगातार हराएको पिएनजी सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

आजको खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेललाई नेपालका तर्फबाट ब्याटिङमा प्लेयर्स टू वाचका रुपमा हेरिएको छ ।

नेपालका ओपनर समेत रहेका भुर्तेलको टी२० ब्याटिङ लोभलाग्दो भए पनि पछिल्लो समय खस्किएको छ । टीयु रङ्गशालाबाट नै चम्किएका भुर्तेललाई आज सोही स्थानबाट पुनः पूरानो ब्याटिङ फर्म ल्याउने अवसर छ ।

ब्याटिङमा अब्बल मानिने दिपेन्द्रको पछिल्लो खेलमा चल्न सकिरहेका थिएनन् । तर पिएनजीविरुद्धको दोस्रो ओडिआईमा एक सय पाँच रनको शतकीय इनिङ खेल्दै आफू फर्केको जानकारी दिइसकेका ऐरी आजको खेलमा प्लेयर्स टू वाच हुनेछन् ।

पिएनजीका तर्फबाट भने कप्तान आसद भालालाई आजको खेलमा महत्वपूर्ण मानिएका छन् । दोस्रो खेलमा शुन्य रनमा नै पेभिलियन फर्किएको भए पनि पहिलो खेलमा पिएनजीको कीर्तिमान योगफल बनाउन उनै भालाले ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

पिएनजीका कप्तान भाला र नोसाइना पोकनालाई बलिङतर्फबाट प्लेयर्स टू वाचका रुपमा हेर्न सकिन्छ ।

नेपालका तर्फबाट कप्तान सन्दिप लामिछाने र तीव्र गतिका बलर अविनाश बोहरालाई बलिङमा प्लेयर्स टू वाचका रुपमा हेर्न सहिन्छ ।

आज पहिलो खेल खेल्ने नेपालले दोस्रो खेलमा बुधबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, ११:४४:०८
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०