ट्राई नेसन टी२०आई सिरिजमा नेपाल र पिएनजी भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
५ वर्षअघि
टी२०आई

त्रिकोणात्मक टी२०आई सिरिज अन्तर्गत आज घरेलु टोली नेपालले पपुवा न्युगिनीसँग सिरिजको पहिलो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने ट्राई नेसन सिरिजमा नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सहभागी हुँदैछन् ।

Advertisement

आज हुने पहिलो खेलमा पिएनजीविरुद्ध जित दर्ता गर्दै नेपाल घरेलु टोलीमा विजयी सुरुवात गर्न चाहन्छ । तर नेपाललाई पिएनजीविरुद्ध खेल्न त्यति सहज भने हुनेछैन ।

दुई एकदिवसिय खेल र ट्राई नेसन सिरिजका लागि नेपाल भ्रमणमा आएको पिएनजीले नेपालविरुद्धको एक दिवसिय सिरिज २-० ले क्लिन स्विप गर्दै आफ्नो क्षमता देखाइसकेको छ ।

आईसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, युएई र पिएनजी सम्मिलित त्रिकोणात्मक एक दिवसिय सिरिजमा नेपालविरुद्धको दुवै खेल गुमाएको पिएनजीले त्यसलगत्तैको नेपाल भ्रमणमा घरेलु टोलीलाई उत्कृष्ट प्रदर्शन गर्दै हार चखाएको थियो ।

ब्याटिङ चले पनि बलिङमा कमजोर देखिएको नेपाल आज सोही गल्तिलाई सच्याउँदै पिएनजीलाई हराउन चाहन्छ । तर घरेलु टोलीलाई लगातार हराएको पिएनजी सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

आजको खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेललाई नेपालका तर्फबाट ब्याटिङमा प्लेयर्स टू वाचका रुपमा हेरिएको छ ।

नेपालका ओपनर समेत रहेका भुर्तेलको टी२० ब्याटिङ लोभलाग्दो भए पनि पछिल्लो समय खस्किएको छ । टीयु रङ्गशालाबाट नै चम्किएका भुर्तेललाई आज सोही स्थानबाट पुनः पूरानो ब्याटिङ फर्म ल्याउने अवसर छ ।

ब्याटिङमा अब्बल मानिने दिपेन्द्रको पछिल्लो खेलमा चल्न सकिरहेका थिएनन् । तर पिएनजीविरुद्धको दोस्रो ओडिआईमा एक सय पाँच रनको शतकीय इनिङ खेल्दै आफू फर्केको जानकारी दिइसकेका ऐरी आजको खेलमा प्लेयर्स टू वाच हुनेछन् ।

पिएनजीका तर्फबाट भने कप्तान आसद भालालाई आजको खेलमा महत्वपूर्ण मानिएका छन् । दोस्रो खेलमा शुन्य रनमा नै पेभिलियन फर्किएको भए पनि पहिलो खेलमा पिएनजीको कीर्तिमान योगफल बनाउन उनै भालाले ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

पिएनजीका कप्तान भाला र नोसाइना पोकनालाई बलिङतर्फबाट प्लेयर्स टू वाचका रुपमा हेर्न सकिन्छ ।

नेपालका तर्फबाट कप्तान सन्दिप लामिछाने र तीव्र गतिका बलर अविनाश बोहरालाई बलिङमा प्लेयर्स टू वाचका रुपमा हेर्न सहिन्छ ।

आज पहिलो खेल खेल्ने नेपालले दोस्रो खेलमा बुधबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०