युएईको सामना गर्दै नेपाल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
४ वर्षअघि
युएईको सामना

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सोमबार (आज) पुनः घरेलु टोली युएईको सामना गर्दै छ ।

अघिल्लो खेलमा खराब ब्यटिङका कारण पराजित नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो ।

युएई र नेपालबीचको खेल दुवई क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे सुरु हुने छ ।

यसअघि नेपाल युएईसँग एक सय ६९ रनको झिनो विजय लक्ष्य पछ्याएर पनि हार खेप्न बाध्य भएको थियो ।

नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो ।

पहिलो खेलमा भने नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि दुई विकेटको रोमाञ्चक जित निकालेको थियो ।

अब, आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ ।

यता, युएई सिरिजको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा छ ।

पहिलो खेलमा युएईले पसएनजीलाई ७ विकेटले हराएको थियो ।

दोस्रो खेलमा नेपाललाई हराएको युएई पिएनजीसँग  तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

सिरिजमा सुधार गर्न नेपाललाई युएईविरुद्ध ब्याटिङमा आमूल सुधार गर्नुपर्ने चुनौती छ ।

नेपाली टोलीका प्रशिक्षक पुवुदु दसानायके र कप्तान सन्दीप लामिछानेले समेत नेपालको ब्याटिङमा सुधार गर्नु पर्ने बताएका छन् ।

युएई नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

एक खेल गुमाइसकेको नेपालका लागि दोस्रो खेलमा बदला लिने अवसर पनि छ ।

नेपाल र युएईबीच अहिलेसम्म पाँचवटा एक दिवसीय खेल भएका छन् ।

जसमा युएईले तीन र नेपालले दुई खेल जितेको छ ।

नेपालले यस लिगको अन्तिमम खेल मङ्गलबार पीएनजीसँग खेल्नेछ ।

लिग–२ मा अहिले तालिकाको शीर्ष स्थानमा रहेको ओमानले २७ खेलबाट ३६ अङ्क बनाएको छ ।

दोस्रो स्थानमा रहेको युएईको १७ खेलबाट २० अङ्क छ ।

१२ खेलबाट १६ अङ्क बनाएको स्कटल्यान्ड १६ अङ्कसहित तेस्रो स्थानमा छ ।

१६ खेलबाट १४ अङ्क बनाएको अमेरिका चौथो स्थानमा रहँदा १३ खेलबाट १२ अङ्क बनाएको नामिविया पाँचौँ स्थानमा छ ।

१० खेलबाट १० नै अङ्क बनाएको नेपाल छैटौँ स्थानमा रहादा १५ खेलबाट दुई अङ्क बनाएको पिएनजी अन्तिममा छ ।

प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित समय: सोमबार ७ चैत, २०७८, ०७:५३:०९

सम्बन्धित खबर

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०