आइसिसी विश्वकप लिग–२ : नेपाल र पिएनजी भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ चैत, २०७८
४ वर्षअघि
आइसिसी विश्वकप

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत बुधबार (आज) पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै छ ।

नेपाल र पिएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ मा युएईको सारजाह क्रिकेट स्टेडियममा सुरु हुने छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।

पिएनजी भने नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो ।

त्यसयता नेपालले घरेलु क्रिकेटमा समेत ५० ओभरको खेल खेलेको छैन ।

घरेलु क्रिकेटको एक मात्र ५० ओभरको प्रतियोगिता प्रधानमन्त्री कप (पिएम कप) समेत आइसिसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी भन्दै टी–ट्वान्टी फर्म्याटमा खेलिएको थियो ।

यसअघि पिएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेकोमा नेपालले दुवै जित निकालेको छ ।

नेपालले खेलेका पछिल्ला पाँच ओडिआईमा तीन खेलमा जित निकालेको छ । पपुवा न्युगिनी पाँच खेलमानै पराजित भएको छ ।

नेपाल कमजोर पिएनजीमाथि लगातार तेस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

नेपालले गत सेप्टेम्बरमा पिएनजीलाई दुई ओडिआई सिरिजमा २ विकेट र १ सय ५१ रनले हराएको थियो ।

लगातार कमजोर प्रदर्शन गर्दै आएको पपुवा न्युगिनीमाथि नेपाल सहज जित निकाल्ने सोचमा हुनेछ ।

सन्दीप यसै खेलमार्फत ओडिआईमा डेब्यू कप्तानी गर्नेछन् ।

सन्दीप पारस खड्का र ज्ञानेन्द्र मल्लपछि ओडिआईमा कप्तानी गर्ने तेस्रो नेपाली खेलाडी हुनेछन् ।

खेलको पूर्वसन्ध्यामा कप्तान लामिछानेले पिएनजीलाई कम आँक्न नमिल्ने बताएका थिए ।

“हरेक खेल महत्वपूर्ण छन् । यो प्रतियोगितामा आएपछि सबै टोली उतिकै बराबर छन् । युएई आफ्नो वर्तमान समयको उत्कृष्ट एसोसिएट टोली हो । पपुवा न्युगिनीले यो साइकलमा खेल नजितेपनि कमजोर आक्न मिल्दैन,” उनले भनेका थिए ।

​​​​​​​विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्क जोडेको नेपाल छैटाैँ स्थानमा छ ।

युएई तेस्रो र पिएनजी पुछारमा रहेको छ ।

नेपालले दोस्रो खेल ४ चैतमा युएईसँग, तेस्रो खेल ७ चैतमा युएईसँग नै र ८ चैतमा अन्तिम खेल पिएनजीसँग खेल्ने छ ।

लिग टुमा सात टिम सहभागी छन् ।

सिरिज खेल्नुअघि नेपालले तयारीस्वरूप श्रीलङ्कामा चार अभ्यास खेल खेलेको थियो ।

जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।

प्रकाशित समय: बुधबार २ चैत, २०७८, ०८:१९:११
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०