रुसद्वारा नयाँ तीन सहरमा आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
५ वर्षअघि
तीन

रुसी सेनाले आज (शुक्रबार) युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेका छन् । 

दुई फरक दिशामा रहेका, लुट्स, नीप्रो र इभानो-फ्रान्किभिस्क सहरमा आक्रमण भएको भन्दै युक्रेनले तस्बिर समेत सार्वजनिक गरेकाे छ ।

Advertisement

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आक्रमण सत्य भएकाे भन्दै समाचार सम्प्रेषण गरिरहेका छन् । 

उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोट भएको छ । नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ ।

युक्रेनले नीप्रोमा भएका विस्फोटका केहि तस्बिरहरू समेत सार्वजनिक गरेको छ ।

लुट्समा रहेको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा आक्रमण गरिएको हो ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

साथै, नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न उनले अनुरोध गरेका छन् ।

रुसले अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

इभानो-फ्रान्किभिस्कका नगरप्रमुखले समेत फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका हुन् । यी तीन सहरमा यसअघि आक्रमण भएको थिएन ।

आक्रमण परी एक जनाकाे मृत्यु भएकाे अल्जाजीराले उल्लेख गरेकाे छ । 

युक्रेनकाे राजधानी कीभलाई नियन्त्रणमा लिन प्रयास गरिरहेकाे रूसले आफ्ना आक्रमणलाई सशक्त बनाउदै लगिरहेकाे छ । 

पूर्वी युक्रेनमा रहेका रुसी समर्थित सेनाहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वास्थ्य उपचार, खाद्यान्न र हतियार लगायतकाे सहयाेग दिइरहेका छन् ।

रुस समर्थित सहरका प्रमुखकाे अनुराेधमा भन्दै भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरु गरेका थिए । 

रुसले आक्रमण सुरू गरेयता युक्रेन छाड्ने युक्रेनीकाे सङ्ख्या २५ लाख पुगिसकेकाे छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
७ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
७ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
२ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०