सिरी ‘ए’ : नापोलीलाई हराउँदै मिलान शीर्ष स्थानमा, युभेन्टस पनि विजयी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ फाल्गुण, २०७८
५ वर्षअघि
सिरी 'ए'

एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा नापोलीलाई १-० गोलअन्तरले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

नापोलीको मैदानमा भएको खेलमा मिलानलाई जिताउन ओलिभर जिरुड नायक बने ।

उनले नै मिलानको जितमा निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४९औँ मिनेटमा उनले गोल गरेका थिए ।

मिलानको जितसँगै सिरी ‘ए’को उपाधि होड थप रोमाञ्चक बनेको छ ।

जारी सिजन मिलान, इन्टर मिलान र नापोली तीनै टिम उपाधि होडमा छन् ।

मिलान २८ खेलमा ६० अङ्क बनाउँदै शीर्ष स्थानमा छ ।

इन्टर ५८ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले २७ खेल खेलेको छ ।

नापोली २८ खेलमा ५७ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा युभेन्टसले स्पेजियामाथि साँघुरो जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले स्पेजियामाथि १–० गोलको जित निकालेको हो ।

युभेन्टसको जितमा अल्भारो मोरटाले निर्णायक गोल गरे ।

उनको खेलको २१औँ मिनेटमा गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बनेको हो ।

जितसँगै चौथो स्थानमा रहेको युभेन्टसले २८ खेलमा ५३ अङ्क जोडेको छ ।

स्पेजिया भने २६ अङ्कका साथ १६औँ स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा सासुलोले भेनेजियालाई ४-१ गोल अन्तरले हरायो भने अर्को खेलमा टोरिनो र बोलोग्नाले गोलरहित बराबरी खेले ।

यस्तै, अर्को खेलमा टोरिनो र भेरोनाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँड्दा अर्को खेलमा जेनाेआ र इम्पोली गोलरहित बराबरीमा रोकिए ।

यो पनि:

म्यानचेस्टर डर्बी : रोनाल्डोबिनाको युनाइटेड सिटीसामु निरीह

बार्सिलोनासँग इलचे २–१ ले पराजित

प्रकाशित समय: सोमबार २३ फाल्गुण, २०७८, ०८:०१:२७
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०