नेपाललाई शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धा स्थल बन्नबाट समयमै रोक्नुपर्छः अध्यक्ष लिङ्देन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ फाल्गुण, २०७८
२ वर्षअघि
अध्यक्ष

युक्रेनबाट पाठ सिक्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका सबै राजनीतिक दलहरुलाई समयमा नै सचेत रहन आग्रह गरेका छन् ।

पछिल्लो समय वैदेशिक सम्बन्धलाई नेपालका राजनीतिक पार्टीहरुले सत्तारोहणको सिढी मात्रै बनाएकोतर्फ इङ्गित गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

बुधबार राप्रपाको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धनलाई सत्तारोहणको सिढी बनाएको र त्यसले नेपालको शक्ति नियन्त्रण र सन्तुलन नै ध्वस्त भएको भन्दै आक्रोश व्यक्त गरे ।

‘जनताले सरकारको अनुभूति गर्न पाएका छैनन्, देशको अर्थतन्त्र कमजोर छ, बेरोजगारी व्याप्त छ । सँगै राजनीतिक दल वैदेशिक सम्बन्धलाई सत्तामा पुग्न प्रयोग गरिरहेका छन्’ अध्यक्ष लिङ्देनले भने, ‘यसले नेपाललाई गम्भिर सङ्कटतर्फ धकेलिरहेको छ । हाम्रो वैदेशिक सम्बन्ध खल्बलिन पुगेको छ । वैदेशिक नीतिमा नै असन्तुलन देखिएको छ, जुन सामान्य होइन ।’

वैदेशिक नीतिमा असन्तुलन आउँदा नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको उनले बताए ।

‘सत्तापक्ष र प्रमुख राजनीतिक दलहरुका क्रियाकलापका कारण हुने नोक्सानीको मुल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन’ देशको अवस्थामा चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्दनेले भने, ‘यसको भार सिङ्गो मुलुकले बेहोर्नुपर्नेछ । अहिले देश त्यही बाटोतर्फ उन्मुख छ । समयमा नै सचेत बनौँ ।’

युक्रेनमाथि रुसले गरेको आक्रमणको भत्सर्ना गरेका उनले नेपाललाई भविष्यको युक्रेन बन्नबाट रोक्नतर्फ सङ्केत गरेका छन् ।

सोही बैठकमा नै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको समेत बताएका छन् ।

नेपाललाई अब काङ्ग्रेस र कम्युनिष्टको विकल्प आवश्यक परिरहेको र सबैभन्दा राम्रो विकल्प राप्रपा मात्रै रहेको दाबी गर्दै लिङ्देनले राप्रपालाई निर्णायक शक्ति बन्न सहयोग गर्न आग्रह समेत गरे ।

राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङ र महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल प्रारम्भ गरिएको छ ।

प्रकाशित समय: बुधबार १८ फाल्गुण, २०७८, २०:१७:२२

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८