जब पेड्रीकाे गाेल रेफ्रिले अबमेयाङकाे नाम गरिदिए

बार्सिलाेनाकाे जर्सिमा अबमेयाङकाे पहिलाे ह्याट्रिक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
५ वर्षअघि
अबमेयाङकाे

पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मदतले स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ ।

आइतबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ ले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले तीन गोल गरे भने फ्रेन्की डि योङले एक गोल गरे ।

फेब्रुअरीमै मात्र अबमेयाङ आर्सनलबाट बार्सिलोना आएका थिए ।

भ्यालेन्सियाविरुद्ध पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाएका उनले ह्याट्रिक गोल गरे ।

भ्यालेन्सियाका लागि भने कार्लोस सोलेरले गोल गरेका थिए ।

खेलको २३ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

उनको यो बार्सिलोनाका लागि पहिलो गोलसमेत थियो ।

३२ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको ३८ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

खेलको ५२ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३-१ को स्थितिमा ल्याए ।

तर, खेलको ६३ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए । पेनाल्टी क्षेत्रबाहिर बाट पेड्रीले गरेकाे प्रयासले जाली चुमेकाे थियाे ।

खेल अवधिभर गाेलकाे श्रेय पेड्रीलाई नै दिइएपनि खेलकाे अन्तिममा म्याच रेफ्रि कार्लोस डेल सेरो ग्रान्डेले गाेल अबमेयाङकाे नाममा दर्ता गरिदिएपछि बार्सिलाेनाकाे जर्सिमा पहिलाे ह्याट्रिक गर्न सफल भएका हुन् ।

पेड्रीले प्रहारकाे गरेकाे बल अबमेयाङ ढाँडमा लागेर डिफ्लेक्ट हुँदै भ्यालेन्सियाकाे पाेस्टमा छिरेकाे थियाे ।

बार्सिलाेनाका लागि चार खेल खेलेका अबमेयाङले क्लबका लागि हालसम्म तीन गाेल गरेका छन् ।

पछिल्लाे पटक इंग्लिस क्लब आर्सनलबाट व्यवसायीक क्लब फुटबल खेलेका अबमेयाङले एक सय ६३ खेलमा ९२ गाेल र २१ असिस्ट गरेका छन् ।

भ्यालेन्सियाविरुद्धकाे खेलमा जित दर्ता गरेसँगै स्पेनिस लिगमा बार्सिलोनाको अपराजित यात्रा नौ खेलसम्म पुगेको छ ।

यस्तै, जितपछि बार्सिलोना ४२ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ ।

बार्सिलाेनाबाहेक शीर्ष चारका सबै क्लबले २५ खेल खेलिसकेका छन् ।

२५ खेलबाट सर्वाधिक ५७ अङ्क जाेडेकाे रियल मड्रिड ला लिगाकाे शीर्षा स्थानमा रहँदा समान खेलबाट ५१ अङ्क जाेडेकाे सेभिल्ला दाेस्राे स्थानमा छ ।

बार्सिलाेनाभन्दा चार अङ्क बढी रहेकाे रियल बेटिस ला लिगा अङ्क तालिकाकाे तेस्राे स्थानमा छ ।

फेब्रुअरी २८ मा हुने एथ्लेटिकविरुद्धकाे खेलमा जित निकाल्दै बार्सिलाेनाले शीर्ष तीन क्लबसँगकाे अङ्क दुरी कम गर्न सक्नेछ ।

 

 

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, ०७:५७:३५
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०