नक्कली प्रमाणपत्र मुद्दामा पूर्वकप्तान खड्का दोषी ठहर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
५ वर्षअघि
नक्कली प्रमाणपत्र

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का दोषी ठहर भएका छन् ।

आज विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि खड्काले पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

अदालतले पूर्वकप्तान खड्कालाई पाँच हजार जरिवानासमेत तोकेको छ ।

प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्ति लिन खड्काले माध्यमिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेशबाट जारी भएको प्रविण प्रमाणपत्र तह (आईए)को झुटो प्रमाणपत्र पेश गरेको ठहर भएको छ ।

खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका खड्का अहिले सेवानिवृत्त भइसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका खड्कालाई गत वर्ष मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो ।

खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट व्यवसायीक फुटबल खेलेका थिए ।

खड्काले पुलिस फुटबल टिममा ६ वर्षसम्म व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए । प्रमाणपत्रको विवाद आएपछि उनले राजीनामा दिएका थिए ।

त्यसपछि नेपाली राष्ट्रिय महिला टाेलीकाे प्रमुख प्रशिक्षककाे भूमिका समेत निर्वाह गरिसकेका खड्का नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गाेल गर्ने खेलाडी समेत हुन् ।

उनी र निराजन रायमाझीले नेपालका लागि समान १३ गाेल गरेका छन् ।

सन् १९९५ देखि २००६ सम्म नेपाली जर्सिमा मैदानमा देखिएका खड्काले ४१ खेलमा १३ गोल गरेका हुन् । उनकाे साे कीर्तिमान हालसम्म पनि कसैले ताेड्न सकेका छैनन् ।

शैक्षिक प्रमाणपत्रबारे विवादीत भएपछि खड्काले राजीनामा दिएपनि अख्तियारले छानबिन गरेर २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले मुद्दा दायर गरेपछि खड्काले आफ्नो प्रमाणपत्र झुटो नभएको भन्दै खण्डन समेत गरेका थिए ।

तर अदालतले आज दोषी ठहर गरेपछि भने हालसम्म खड्काले कुनै पनि औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित समय: बिहिबार ५ फाल्गुण, २०७८, २०:४८:०३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०