कीर्तिमानी फुटबल खेलाडी खड्काविरुद्ध विशेष अदालतमा मुद्दा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
५ वर्षअघि
फर्जी शैक्षिक प्रमाण पत्र पेश गरेर प्रहरीमा जागिएर खाएकाे भनिएका नेपाली खेलाडी हरि खड्का

नक्कली शैक्षिक पत्र पेश गरी प्रहरीमा जागिर खाएको आरोपसहित कीर्तिमानी फुटबल खेलाडी हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पूर्व कप्तान खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को टोलीले बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा दायर गरिएको जनाएको हो ।

Advertisement

अदुअआद्वारा जारी विज्ञप्तिमा भनिए अनुसार खड्काले पेश गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्र फर्जी रहेको खुल्न आएको हो ।

भारत, उत्तरप्रदेशबाट जारी भएको खड्काको शैक्षिक योग्यता (आइएको) नक्कली भएको अदुअआको दाबी रहेको छ ।

आरोपित खड्का सोही शैक्षिक प्रमाणपत्र पेश गरेर २०५५ कार्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) मा नियुत्त भएका थिए ।

२०५९ पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका खड्का महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए ।

हाल प्रहरी सेवाबाट सेवानिवृत भइसकेका खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट व्यवसायीक फुटबल खेलका थिए ।

सोही क्लबको व्यवस्थापकीय भूमिका समेत निर्वाह गरिसकेका आरोपित खड्काले नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षण समेत सम्हालिसकेका छन् ।

मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा समेत नियुक्त भइसकेका खड्का नेपाली खेलकुद जगत्का कीर्तिमानी खेलाडी हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सिमा नेपालको प्रतिनिधित्व गरिसकेका खड्काले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने दुईमध्ये एक खेलाडी हुन् ।

सन् १९९५ देखि २००६ सम्म नेपाली जर्सिमा मैदानमा देखिएका खड्काले ४१ खेलमा १३ गोल गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०