नयाँ शैक्षिक सत्र जेठ १ देखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
५ वर्षअघि
देशभरका विद्यालयहरूलाई निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ सालको नयाँ शैक्षिक सत्रको पठनपाठन आगामी जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका  प्रवक्ता दीपक शर्माका अनुसार बुधबार बसेको बैठकले भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने निर्णय गरेको हो ।

सो बैठकले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय गरेको उनको भनाइ छ ।

कोभिडका कारण चालू शैक्षिक सत्रको पठनपाठन गत असारबाट सुरु भएको थियो ।

तर कोरोना सङ्क्रमणको डरले गएको मङ्सिरबाट मात्र भौतिक उपस्थितिमा पठनपाठन हुँदै आएको थियो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण शिक्षण संस्था पुनः एक महिना बन्द भएका थिए ।

गत आइतबारबाट पुनः शिक्षण संस्था नियमित भएका छन् ।

विद्यार्थीहरू भाैतिक उपस्थितिमै पढ्न विद्यालय जान थालेका छन् ।

उनले चालू शैक्षिक सत्रको पठनपाठन आगामी चैत मसान्तसम्म जारी राख्ने र आगामी वैशाखमा कक्षा १० सम्मका सबै कक्षाका परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए ।

यस्तै, नतिजा सार्वजनिक गर्ने, नयाँ भर्ना प्रक्रिया थाल्ने र पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरी शैक्षिक योजनालाई मन्त्रालयले स्वीकृत गरेको बताए ।

स्थानीय तहले कक्षा ८ को परीक्षा आफ्नोअनुकूल हुने गरी वैशाखमै सक्नुपर्ने निर्णय भएको उनको भनाइ  छ ।

यति बेला जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइ धमाधम गरिरहेको छ ।

आगामी शैक्षिक सत्रमा कक्षा ९ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइँदै छ ।

त्यसका लागि अनिवार्य पाँचमध्ये दुई विषयका मात्र पाठ्यपुस्तकको छपाइ रेडी कपी (पीआरसी) जनक शिक्षालाई उपलब्ध गराइएको छ ।

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षाले नै मतपत्र छाप्नेछ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले मतपत्र छाप्नुपर्ने भए पनि पाठ्यपुस्तक छपाइमा असर नपारिने बताए ।

कतिपय विषयका पिआरसी प्राप्त नभएकाले तिनको प्रतीक्षामा रहेको उल्लेख गर्दै जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले समयमा प्राप्त भए आगामी वैशाख मध्यसम्ममा पाठ्यपुस्तक छापेर वितरण गरिसक्ने बताए ।

सम्बन्धित समाचारहरू :

त्रिविको बेथिति : नतिजा प्रकाशनमा अचाक्ली ढिलाइ, विद्यार्थीमा मानसिक असर पर्दै

शैक्षिक संस्था खोल्न लगाइएको रोक माघ महिनाभर लम्ब्याउन सिसिएमसीको सिफारिस

विश्वविद्यालयमै नेपाली भाषालाई उपेक्षा

प्रकाशित समय: बिहिबार ५ फाल्गुण, २०७८, ०७:५३:२६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०