वेस्ट इन्डिजविरुद्ध भारतकाे ६ विकेटकाे जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
५ वर्षअघि
६ विकेटकाे जित

वेस्ट इन्डिजविरुद्धको पहिलो टी२०आईमा भारतले ६ विकेटको जित हात पारेको छ ।

कलकत्तास्थित इडन गार्डेन मैदानमा आजबाट सुरू भएको तीनमध्ये पहिलो टी२०आईमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।

Advertisement

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि निकोलस पोरनले सर्वाधिक ६१ रन जोडेका थिए । पोरनबाहेक काइल मेयर्सले ३१ र किरोन पोलार्डले २४ रन बनाए ।

त्यसबाहेक अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन । वेस्ट इन्डिजले १७ अतिरिक्त रन पाएको थियो ।

वेस्ट इन्डिजलाई मध्य स्कोरमा रोक्न भारतका लागि टी२०आई मा डेब्यू गरेका रवि विश्नोइले दुई विकेट लिए ।

विश्नोइबाहेक हर्सल पट्टेलले दुई, युज्वेन्द्र चाहल, दिपक चाहर र भुवनेश्वर कुमारले समान एक–एक विकेट लिए ।

एक सय ५८ रनको विजयी लक्ष्य पाएको भारतले सात बल अगावै लक्ष्य प्राप्त गर्याे ।

भारतका लागि कप्तान रोहित शर्माले ४० रन जोडे । त्यसबाहेक इशान किशनले ३५ र सूर्यकुमार यादवले नटआउट ३४ रनको योगदान दिए ।

वेन्कटेश अय्यरले टोलीका लागि २४ रनको मद्दत गर्दा विराट कोहलीले १७ रन बनाए । चार रन भने भारतले उपहार पाएको थियो ।

रोस्टन चेसले दुई विकेट लिए पनि टोलीको जितको लागि त्यो पर्याप्त हुन सकेन ।

चेसबाहेक फेबियन एलेन र शेल्डन कोट्रेलले एक–एक विकेट लिँदै भारतको इनिङ ध्वस्त पार्न खाजेका थिए ।

तर निकै सन्तुलित खेल प्रदर्शन गरेको भारतले खेल पूर्ण रुपमा कब्जामा लियो र विजयी भयो ।

भारत भ्रमणमा आएको वेस्ट इन्डिजले अब भारतविरुद्धको दोस्रो टी२०आई फेब्रुअरी १८ र तेस्रो खेल २० फेब्रुअरीमा कलकत्तामा खेल्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०