स्पेनिस लिगको लिग लिडर रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको छ ।
बिहीबार भएको क्वार्टरफाइनल खेलमा एथ्लेटिक बिल्बाओसँग १-० गोलले पराजित हुँदै रियल बाहिरिएको हो ।
बिल्बाओमा भएको खेलमा घरेलु टिमलाई जिताउन एलेजान्द्रो बेरेनगुएर रेमिरोले निर्णायक गोल गरे ।
निर्धारित ९० मिनेटको खेल सकिने एक मिनेटमा बाँकी छँदा रेमिरोले गरेको गोल नै बिल्बाओको जितमा निर्णायक बन्यो ।
यसअघि बिल्बाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो ।
अब, फाइनल प्रवेशका लागि बिल्बाओले भ्यालेन्सियाको सामना गर्ने छ ।