मोरिसस पेनाल्टीमा चुक्दा पहिलो हाफमा नेपालको १–० को अग्रता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेज माेरिसस

दशरथ रङ्गशालामा जारी नेपाल र मोरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलाे हाफमा नेपालले १–० को अग्रता लिएको छ ।

खेलको ११औं मिनेटमा नै नेपालले गोल गरेको थियाे ।

नविन गुरुङको कर्नरमा सुजल श्रेष्ठले गोल गरे । गुरुङको कर्नरमा आशिष लामाले बललाई पहिले प्रहार गरेका थिए ।

तर पेनाल्टी क्षेत्रभित्र आएको सो बललाई पुजन उपरकोटीले फिल्क र श्रेष्ठले ट्याप इन गर्दै गोल गर्न सफल भए ।

खेलको १२औं मिनेटमा नेपालले ठूलो खतरा टारेको थियो ।

मोरिसस पेनाल्टीमा चुक्दा नेपाल अग्रता कायम राख्न सफल भयो ।

दिनेश राजवंशीले मोरिससका कप्तान सोफीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मोरिससले पेनाल्टीको मौका पाएको थियो ।

पेनाल्टी क्षेत्र बाहिरबाट मोरिससका खेलाडीले गरेको प्रहारलाई नेपालका गोलरक्षक किरन चेम्जोङले बचाए पनि आएको रिबन्डमा गोलको प्रयास गर्न सोफी अघि बढेका थिए ।

अघि बढेका सोफीलाई नेपाली डिफेन्डर राजवंशीले लडाएपछि मोरिससले पेनाल्टी पाएको यियो ।

सो पेनाल्टी मोरिससका कप्तान सोफी आफैंले प्रहार गरेका थिए ।

तर सोफीको पेनाल्टी प्रहारलाई गोलरक्षक चेम्जोङले उत्कृष्ट बचाउ गरेपछि मोरिसस बराबरी गोल फर्काउन असफल रह्यो ।

खेलको सुरुवातबाट नै दुवै टोली आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

खेलको दोस्रो मिनेटमा नै नेपालले फाउल पाएको थियो । मोरिससका कप्तान सोफीले पूजन उपरकोटीलाई लडाएका थिए ।

तर आफ्नै भागको पाएको फ्रिकिकमा नेपालले खासै मुभ बनाउन सकेन ।

छैटौँ मिनेटमा नेपालले गोल गर्न अवसर खेर फाल्यो ।

लेफ्ट फ्ल्याङ्कबाट अन्जन विष्टले निकालिदिएको बलमा दर्शन गुरुङले प्रयास गरे पनि त्यो पोस्टभन्दा निकै माथि हुइकिएको थियो ।

३७औं मिनेटमा नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्यो । मोरिससका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दा तेज तामाङले मौका पाएका थिए ।

मोरिससका डिफेन्डरले मिस पास गरेपछि तामाङले करिब ३५ यार्ड टाढा अवसर पाएका थिए ।

मोरिससका गोलरक्षक पोस्टमा नभएको बेला तामाङले प्रयास गरे पनि बलले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलको स्कारे २–० बनाउनबाट चुक्यो ।

४३औं मिनेटमा ब्रास खेलमा बराबरी गोल गर्नबाट चुक्यो । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको लङ रेन्ज प्रहारलाई गोलरक्षक चेम्जोङले रोकेका थिए ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १७:३५:०८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०