फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरियो पिएसजी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) फ्रेन्च कप (कप डी फ्रान्स) को अन्तिम १६ बाटै बाहिरिएको छ ।

सोमबार राति भएको अन्तिम १६ को खेलमा ओजिसी निससँग पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित भएसँगै पिएसजी बाहिरिएको हो ।

फ्रेन्च कपकै सर्वाधिक सफल क्लब पिएसजी यस पटक भने क्वार्टरफाइनल पुग्न सकेन ।

पिएसजीले हालसम्म १४ पटक फ्रेन्च कपको उपाधि जितेको छ भने पाँच पटक उपविजेतामा सीमित बनेको छ ।

त्यसबाहेक पिएसजीको यो हारसँगै सबै खाले प्रतियोगिता गरी १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

सन् २०११ पछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो ।

पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो ।

कोभिड १९ सङ्क्रमणपछि टोलीबाट बाहिर रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी सोमबार निसविरुद्धको खेलमा फर्किएका थिए ।

अनि प्रशिक्षक माैरिसयो पोचेटिन्होले किलियन एम्बाप्पेलाई खेल सकिन आधा घण्टा बाँकी हुन्जेल बेन्चमा राखेका थिए ।

उनी बेन्चबाट आएपनि टोलीको हार टार्न सकेनन् ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि खेल निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोकेपछि टोलीलाई क्वार्टफाइनलको यात्रा तय गराए ।

पेनाल्टीमा पिएसजीका लियोनल मेस्सी, किलियन एम्बाप्पे, जुलियन ड्राक्जलर, मार्को भेराट्टी, जुआन बर्नाटले गोल गरे भने लिएन्द्रो पेरेडेस र जाभी सिमोन चुके ।

यता, नाइसका एन्डी डेलर्टबाहेक अरू सबैको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।

मोर्गन स्कनेइडेर्लिन, जिन–क्लेएर टोडिबो, युसुफ अटल, एमिने गौइरी, इभान गुएसान्ड र दान्तेले गोल गरेका थिए ।

अब, क्वार्टरफाइनल पुगेको नाइसले सेमिफाइनलका लागि मार्सेइलीको सामना गर्ने छ ।

यससँगै फ्रेन्च कपको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ ।

क्वार्टरफाइनलमा बर्जराक पेरिगड, भर्साइलिस, नान्टेस, बस्टिया मोनाका, एमिनेस, निस र मार्सेली पुगेका छन् ।

सेमिफाइनल प्रवेशका लागि बर्जराक पेरिगडले भर्साइलिससँग खेल्ने छ भने नान्टेसले बस्टियाको सामना गर्ने छ ।

मोनाकाले एमिनेससँग प्रतिस्पर्धा गर्दा निस र मार्सेलीको भिडन्त हुनेछ ।

क्वार्टरफाइनलका सबै खेल ९ फेब्रुअरीमा हुने छन् ।

यो पनि :

स्टार खेलाडीबिनै मैदान उत्रिएको पिएसजी सम्भावित हारबाट जोगियो

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, ०७:५५:३२
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०