इजिप्ट एफकन २०२१ को सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
इजिप्ट एफकनकाे सेमिफाइनलमा

मोरोक्कोको सुरुवाती अग्रतालाई उल्ट्याउँदै इजिप्ट अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्यामरुनस्थित अहमदौ अहिजो रङ्गशालामा भएको खेलमा इजिप्टलाई जिताउन कप्तान मो सलाह नायक बने ।

नायक बनेका सलाहले मोरोक्कोविरुद्ध इजिप्टले गरेको दुवै गोलमा योगदान दिएका थिए ।

खेलको छैटौं मिनेटमा नै मोरोक्कोले अग्रता लिएको थियो ।

इजिप्टका अयमन असरफले मोरोक्कोका आचराफ हाकिमीलाई लडाएपछि खेलको छैटौँ मिनेटमा मोरोक्कोले पेनाल्टी पायो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै सोफियाने बउफल गोल गर्न सफल भएपछि मोरक्कोले सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफसम्म आफ्नो अग्रता जोगाउन मोरोक्को सफल भएपनि दोस्रो हाफको ५३औं मिनेटमा इजिप्ट बराबरी गोल गर्न सफल भयो ।

इजिप्टका लागि कप्तान मो सलाह गोल गर्न सफल भए ।

कर्नरबाट आएको बलमा इजिप्टका मोहम्मद अब्देलमोनेमले पहिले हेड गरेका थिए । तर अब्देलमोनेमको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोउले बचाए पनि पूर्ण नियन्त्रणमा भने लिन सकेनन् ।

रिबन्डमा आएको सोही बललाई कप्तान सलाहले पोस्टको दिशा दिएपछि खेलमा १–१ गोलको बराबरीमा भएको थियो ।

खेलको ७७औं मिनेटमा मुस्ताफा मोहम्मदले हाकिमीलाई फाउल गरेपछि मैदानमा केहीबेर विवाद सिर्जना भयाे ।

दुई खेलाडीबीच सुरू भएको विवादमा दुवै टोलीका केही खेलाडी समेत मिसिएपछि खेललाई म्याच रेफ्रिले केहीबेर रोकेका थिए ।

रोकिएको खेल मुस्ताफा र हाकिमीलाई रेफ्रिले पहेँलो कार्ड देखाएपछि सुचारू गरिएको थियो ।

८२औं मिनेटमा मोरोक्को खेलमा दोस्रो अग्रता लिनबाट चुक्यो ।

फ्रिकिकमा आएको बललाई रोमन साइसले इजिप्टको पोस्टको दिशा दिएपनि क्रसबारमा लाग्दै बल बाहिरिएपछि खेलमा पकड जमाउन मोरोक्को असफल बन्यो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो ।

थपिएको ३० मिनेटको दसौं मिनेटमा इजिप्टले गोल गर्दै अग्रता लियाे । सलाहको पासमा ट्रेजेगे गोल गर्न सफल भए ।

खेलको अन्तिममा अग्रता लिन सफल भएको इजिप्टले त्यसपछि खेललाई पूर्ण नियन्त्रणमा लियो र सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

विजयी भएर सेमिफाइनल पुगेको इजिप्टले फाइनल प्रवेशका लागि आयोजक क्यामरुनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

क्यामरुनले हिजो भएको पहिलो सेमिफाइनलमा गामबियालाई २–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

इजिप्ट सेमिफाइनलमा पुगेसँगै एफकन २०२१ को सेमिफाइनल प्रवेश गर्ने राष्ट्रको सङ्ख्या तीन पुगेको छ ।

आजै हुने सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेताले जारी प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा गर्नेछ ।

क्यामरुनमा जारी एफकन २०२१ को सेमिफाइनल खेल बिहीबारबाट सुरू हुनेछ ।

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, २३:४१:२८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०