एफकनमा आजः सेमिफाइनल प्रवेशका लागि सलाह र माने भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
एफकनमा सलाह र माने भिड्दै

अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१ को फरक–फरक क्वाटरफाइनल खेलमा आज चर्चित खेलाडी साडियो माने र मो सलाह प्रतिस्पर्धा गर्दैछन् ।

आज हुने पहिलो क्वाटरफाइनल खेलमा सलाह सम्मिलित इजिप्टले मोरोक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।

क्यामरुनस्थित अहमदौ अहिजो रङ्गशालामा राती ८ः४५ बजे सुरु हुने खेलमा मोरक्कोलाई पाखा लगाउँदै इजिप्ट सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

सर्वाधिक सात पटक एफकनको उपाधि जितेको इजिप्ट आज केही दबाबमा हुनेछ । तर उसका लागि इंग्लिस क्लब लिभरपुलका फरवार्ड मो सलाह नायक बन्न सक्छन् ।

सलाहलाई मोहम्मद एल्नेनीले मिडफिल्डमा साथा दिँदा इजिप्टको गोलपोस्टको जिम्मेवारी मोहम्मद एल सेनावीले सम्हाल्नेछन् ।

यता कम दबाबका बीच इजिप्टविरुद्ध मैदान उत्रिए पनि मोरोक्को एफकनको विजेताका रुपमा आफ्नो नाम लेखाउन चाहन्छ ।

सन् १९८० मा सम्पन्न १२औं संस्करणको एफकनमा तेस्रो र २००४ मा प्रतियोगिताको उपविजेता बनेको मोरोक्को यसपटक इतिहास लेख्ने दाउमा हुनेछ ।

इजिप्टका लागि आजको खेलमा मोरोक्कोका गोलरक्षक यासिन बोनोउ बाधक बन्न सक्छन् ।

स्पेनिस क्लब सेभिल्लाबाट व्यवसायीक फुटबल खेलिरहेका बोनोउबाहेक पेरिस सेन्ट जर्मेनका डिफेन्डर आर्चिफ हाकिमीमा इजिप्टको टाउको दुखाई बन्न सक्छन् ।

समूह चरण र अन्तिम १६ का खेल अपराजित रहेको मोरोक्को सामना गर्दै गरेको इजिप्टले भने समूह चरणमा नाइजेरियासँग १–० को पराजय भोगेको थियो ।

सेनेगलको परीक्षण हुँदै

गत संस्करणको एफकन च्याम्पियन एल्जेरियालाई १–० गोलान्तरले हराएर प्रतियोगितामा सनसनी मच्चाएको इक्वेटोरियल गिनीको सामना स्टार खेलाडीले भरिएको सेनेगलसँग आजको दोस्रो क्वाटरफाइनलमा हुँदैछ ।

लिभरपुलका फरवार्ड साडिओ माने घाइते भएकाले उनको उपस्थिती आजको खेलमा अनिश्चित भएपनि इडवार्ड मेन्डी, बोउना सार, कालिडो कोउलिबाली, अब्दु डियालो र सालियो सिसको डिफेन्स लाइन चिर्न गिनीलाई गाह्रो पर्ने निश्चित छ ।

मानेले आजको खेल गुमाए उनको स्थानमा क्रिस्टल प्यालेसका चेखौ काउयाटेले सेनेगलको आक्रमण सम्हाल्न सक्ननेछन् ।

यता इक्वेटोरियल गिनी भने सेनेगलविरुद्ध पनि एल्जेरियाको जस्तै नतिजा निकालन चाहन्छ । गिनीको पोस्ट जेसस ओवोनोले सम्हाल्दा अग्रपंक्तिमा भने केही परिवर्तन हुन सक्नेछ ।

जोसेटे मिरान्डा दोहोरो पहेँलो कार्डका कारण आजको खेलमा निलम्बित भएसँगै उनको स्थानमा जेनिक बुइललो मैदानमा सुरुवात गर्न सक्नेछन् ।

सेनेगल र इक्वेटोरियल गिनीबीचको खेल अहमदौ अहिजो रङ्गशालामा नेपाली समय अनुसार राती १२ः४५ बजे सुरू हुनेछ ।

हिजो भएका दुई क्वाटरफाइनल खेलमा विजयी हुँदै आयोजक क्यामरुन र बुर्किना फासोले एफकन २०२१ को सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, १९:२२:३६
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०