एपिएफले जित्याे आहा रारा गोल्डकपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि
मनाङविरूद्ध एपिएफलाई अग्रता

२०औं संस्करणको आहा रारा गोल्डकपको उपाधि नेपाल एपिएफले जितेको छ ।

पेनाल्टी सुटआउटमा मनाङलाई ५–४ ले पराजित गर्दै एपिएफ पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

Advertisement

एपिएफलाई जिताउन गोलरक्षक युया नायक बने ।

२०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा आज पोखरा रङ्गशालामा मनाङ र एपिएफ उपाधिका लागि भिडेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले रोमाञ्चक २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समय हुँदै सुटआउटतर्फ धकेलिएको थियो ।

निर्धारित समयमा एपिएफका युवराज खड्का र रवि थिङ गोल गर्न सफल हुँदा मनाङका दयानन्द सिंह र फ्रयाङ्कलिन कियेटे टल्ला गोल गर्न सफल भए ।

मनाङ र एपिएफले सुरुवाती मिनेटबाटै नै एकअर्काको पोस्टमा धावना बोल्न सुरू गरेका थिए ।

खेलको पाँचौँ एपिएफले फ्रिकिको मौका पाएको थियो । एपिएफका विकी तामाङलाई मनाङका शिव तामाङले फाउन गरेपछि एपिएफले फ्रिकिक पाएको थियो ।

एपिएफका कप्तान नविन लामाले गरेको क्रसमा अर्मान्ड विडोम कनेक्ट हुन सफल भएपनि उनी गोल गर्न असमर्थ रहे ।

नवौं मिनेटमा मनाङले गोलको प्रयास गरेको थियो । आडेलाजा सोमिडेका लागि ओलावालेले थ्रु बल निकालिदिए पनि सोमिडे गोल गर्न असफल रहे ।

एपिएफले पहिलो हाफको २०औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिन सफल भयो । एपिएफका लागि युवराज खड्काले सुन्दर गोल गरे ।

डिफ्लेक्ट हुँदै मैदानको मध्य भागमा आएको बललाई एपिएफका अर्मान्ड विडोमले नियन्त्रणमा लिँदै गोलका लागि मुभ सुरू गरेका थिए ।

विडोमले राइट फ्ल्याङ्कमा निकालिदिएको बलमा खड्काले मनाङका दुई डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल गर्न सफल भए ।

त्यसपछि मनाङले जवाफी गोल गर्न प्रयास गरे पनि सफल हुन सकेन । ४४औं मिनेटमा मनाङका ओलावलेले प्रयास गरे पनि उनी अफसाइड रहे ।

पहिलो हाफअघि १–० को अग्रता लिएको एपिएफले दोस्रो हाफको सुरुवातबाटै आक्रमण सुरू गरेको थियो ।

तर निकै सन्तुलित खेल प्रस्तुत गरेको मनाङ डिफेन्डिङ र अट्याकिङ दुवैमा सफल रह्यो ।

५२औं मिनेटमा कप्तान लामा गोल गर्नबाट चुक्दा एपिएफ दुई गोलको अग्रता बनाउनबाट चुक्यो ।

मनाङको पेनाल्टी क्षेत्र नजिकै पाएको फ्रिकिकलाई लामाले बललाई पोस्टको दिशा दिए पनि सफल हुन सकेनन् ।

५८औं मिनेटमा रुपेश केसीको प्रहारलाई एपिएफका गोलरक्षक कुरियामा युयाले उत्कृष्ट सेभ गरिदिएपछि खेलमा मनाङ बराबरी गोल गर्न असफल रह्यो ।

दयानन्द सिंहले खेलको ६७औं मिनेटमा जवाफी गोल फर्काउँदै मनाङलाई खेलमा फर्काए ।

कप्तान विमल रानाको पासमा उनले गोल गरेका थिए । राइट फ्ल्याङ्कबाट रानाले निकालिदिएको बलमा सिंह सुन्दर हेड गर्दै बराबरी गोल गर्न सफल भएका थिए ।

७२औं मिनेटमा अर्मान्ड विडोम गोल गर्न असफल बन्दा एपिएफ खेलमा दोस्रो अग्रता लिनबाट वञ्चित बन्यो ।

राइट फ्ल्याङ्कबाट कप्तान नविन लामाले निकालिदिएको क्रसलाई विडोमले मनाङको फाइनल थर्डभित्र नियन्त्रण लिँदै गोलका लागि प्रयास गरे पनि असफल भए ।

जवाफी गोल गरेपछि अट्याकिङ मुडमा देखिएको मनाङ खेलको ८४औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा अग्रता लिन सफल बन्यो ।

फ्रयाङ्कलिन कियेटे टल्लाले गोल गर्दै मनाङलाई अग्रता दिलाए ।

दयानन्द सिंहलाई एपिएफका राजन गुरुङले तानेर लडाएपछि मनाङले फ्रिकिक पाएको थियो । सोही फ्रिकिकमा मनाङका टल्ला हेडमार्फत गोल गर्न सफल भए ।

एक गोलले पछि परेपछि अत्तालिएको एपिएफ ८७औं मिनेटमा खेल बराबरी गर्नबाट चुकेको थियो ।

एपिएफका मणि लामाले ८७औं मिनेटमा पोस्टमा सुन्दर प्रहार गरेपनि मनाङका गोलरक्षक अशोक बराल गोलका लागि बाधक बने ।

दोस्रो हाफको अन्त्यसम्ममा २–१ ले पछि परेको स्थिती उल्टाउँदै एपिएफ थपिएको पाँच मिनेटको पहिलो मिनेटमा नै गोल गर्न सफल भयो ।

एपिएफका लागि रवि थिङ जवाफी गोल फर्काउन सफल भएपछि फाइनल रोमाञ्चक बन्यो ।

आफ्नो डिफेन्डरबाट आएको लामो क्रसलाई थिङ गोलमा परिणत गर्न सफल भएका थिए ।

मनाङको पेनाल्टी क्षेत्रभित्र आएको बललाई एफिएफका सविन गुरुङले फस्ट टच गर्दै नियन्त्रणमा लिन असफल भएपनि उचाइँ लिएको बलमा थिङ हेड गर्दै जवाफी गोल गर्न सफल भए ।

निर्धारित समयपछि खेलमा थपिएको ३० मिनेटको पहिलो हाफमा दुवै टोली गोल गर्न असफल रहे ।

पहिलो हाफको अन्त्यतिर एपिएफले अवसर सिर्जना गरे त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो ।

अतिरिक्त समयको दोस्रो हाफको सुरुवातबाट नै दुवै टोली आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

मनाङको तुलनामा एपिएफले धेरै प्रयास गरे पनि सफल भने हुन सकेन ।

खेलको ११९औं मिनेटमा एपिएफका विडोम गोल गर्नबाट चुकेपछि एपिएफले पेनाल्टी सुटआउटमा नपुगी उपधि जित्ने अवसर गुमाएको थियो ।

पेनाल्टीमा एपिएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणि लामा र विडोमले गोल गर्दा मनाङका चार खेलाडी मात्र गोल गर्न सफल भए ।

मनाङका ओलावालेको प्रहार एपिएफका गोलरक्षक युया कुरियामाले रोकका थिए ।

आजको खेलमा विजयी भएसँगै एपिएफले ट्रफीसहित नगद दश लाख एक हजार जितेको छ ।

यता उपविजेता बनेको मनाङले भने पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
९ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
५ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०