आज सहायक प्रशिक्षकको रूपमा राष्ट्रिय टिमबाट डेब्यु गर्दै विष्णु गुरुङ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
५ वर्षअघि

विष्णु गुरुङले नेपाली राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षकको रूपमा आज डेब्यु गर्दै छन् ।

अफ्रिकी मुलुक मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा विष्णुले असिस्टेन्ट कोचको रूपमा डेब्यु गर्न लागेका हुन् ।

Advertisement

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज अपराह्न मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

यो खेल सहायक प्रशिक्षकको रूपमा विष्णुका लागि पहिलो हुने छ ।

ए डिभिजन क्लब सङ्कटाका मुख्य प्रशिक्षक गुरुङ केही समयअघि मात्र सहायक प्रशिक्षकको रूपमा टिममा जोडिएका हुन् ।

मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीको आग्रहमा प्रशिक्षक गुरुङलाई टोलीमा आबद्द गरिएको हो ।

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा भने किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

गुरुङको नेतृत्वमा संकटाले जारी लिगमा उत्कृष्ट खेलिरहेको छ ।

गुरुङ राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

को हुन् विष्णु ?

खेलाडीको रूपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि उनको परिचय फुटबलले नै बनेको हो ।

सहारा एकेडेमीको पहिलो ब्याचका रूपमा फुटबलको गुण सिकेका विष्णु अहिले विस्तारै फुटबल प्रशिक्षकका रुपमा स्थापित हुने क्रममा छन् ।

३६ वर्षीय विष्णुले प्रशिक्षककै रूपमा पहिलो औपचारिक नियुक्ति भने सहारा एकेडेमीको प्रशिक्षकका रूपमा लिए ।

थ्री स्टार क्लबमा लामो समय आबद्ध रहेका विष्णुको पछिल्लो नाता भने सङ्कटाका रुपमा जोडिएको थियो ।

सी लाइसेन्स लिइसकेपछि बनेपा ब्वाइज क्लब (बिबिसी) को सी डिभिजन छनोट, आइडिएल कपमा कलेज टोली हुँदै ललित स्मृतिमा थ्री स्टारको युवा टोलीलाई प्रशिक्षण दिएका थिए ।

सी लिएको केहि समयमै एसियाली फुटबल महासंघ (एएफसी) ले उनलाई बी लाइसेन्स कोर्षका लागि छनोट गर्यो ।

उनले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरे । छोटो अवधिमै उनले राष्ट्रिय टोली तयार पारेर एसियन कप छनोटमा टोलीको प्रशिक्षण सम्हाले ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०