धरानमा कोरोनाविरुद्धको खोप लगाएकी एक सङ्क्रमितको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–९ निवासी ७६ वर्षीया महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार १४ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनको १५ गते बिहान १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोनाविरुद्धको खोप लगाएका उनमा डाइबिटिजको रोग पनि रहेको थियो । उनको शवको व्यवस्थापन नियमानुसार गरिने पोखरेलले बताएका छन् ।