मनाङ भर्सेज आर्मीः पेनाल्टीमा चुक्यो मनाङ, पहिलो हाफमा बराबरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
५ वर्षअघि
आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा खेल्दै मनाङ र आर्मी

मनाङ मस्र्याङ्दी र नेपाल आर्मी फुटबल क्लबले २०औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

पोखरा रङ्गशालामा जारी गोल्डकपको दोस्रो सेमिफाइनलमा अहिले मनाङ मस्र्याङ्दी र नेपाल आर्मी फुटबल क्लब भिडिरहेका छन् ।

Advertisement

खेलको नवौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा मनाङ सुरुवातमै गोल गर्नबाट चुकेको थियो ।

आर्मीका युद्ध शाहीले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि मनाङले पेनाल्टी पाएको थियो ।

तर पेनाल्टी प्रहार गर्न आएका मनाङका कप्तान विमल रानाले क्रसबारभन्दा माथि प्रहार गरेपछि आर्मीको भाग्य बलियो बनेको थियो ।

३०औं मिनेटमा आर्मीका जर्ज प्रिन्सले फ्रिकिको मौका पाए पनि त्यसले सही दिशा लिन सकेन ।

३४औं मिनेटमा आर्मीका तीन खेलाडीले मनाङको पेनाल्टी क्षेत्रबाट गोल गर्ने प्रयास गरे पनि मनाङका गोलरक्षक र डिफेन्डर त्यसलाई रोक्न सफल भए ।

विवेक बस्नेतले कट इन गर्दै गरेको प्रयास मनाङका डिफेन्डरसँग डिफ्लेक्ट हुँदै फिर्ता आएको थियो । सोही रिबन्डमा जर्ज प्रिन्सले सट प्रहार गरे । तर त्यसलाई मनाङका डिफेन्डर शिव गुरुङ र गोलरक्षक अशोक बरालले मुस्किलले बचाए ।

गोलरक्षक बरालले फिर्ता पठाएको बललाई आर्मीका कप्तान भरत खवासले हेड गर्दै सुरुवाती अग्रता दिलाउन प्रयास गरे पनि त्यसले सही दिशा लिन नसकेपछि आर्मी सुरुवाती अग्रता लिनबाट चुक्यो ।

खेलको पहिलो हाफको अन्तिम मिनेटमा पाएको फ्रिकिकमा आर्मी पुनः अग्रता लिनबाट चुकेको थियो । मनाङका गोलरक्षक बरालले प्वाइन्ट ब्लान्क क्षेत्रमा उत्कृष्ट बचाउ गरेपछि मनाङलाई जोगाएका थिए ।

यी दुईबीचको खेलको विजेताले फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध उपाधिका लागि खेल्नुपर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ फाइनल पुगिसकेको छ ।

उपाधि जित्ने क्लबले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कारसहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०