आहा रारा गोल्डकपः सेमिफाइनल पुग्ने चार टाेलीकाे छिनेफानाे आज

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
२ वर्षअघि
आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लब भिड्ने

२०औं संस्करणको आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।

पोखरा रङ्गशालामा हुने अन्तिम क्वाटरफाइनल खेल दिउँसो २ः३० बजे सुरु हुँदैछ ।

प्रतियोगिताको आ–आफ्नो पहिलो खेल खेल्न लागेका दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । दुवै टोली गोल्डकपमा अनुभवी टोली हुन् ।

चार पटक उपविजेता बनेको आर्मीले आज पाँच पटक आहा रारा गोल्डकपको उपाधि जिति सकेको थ्रीस्टारलाई सामना गर्दैछ ।

आजको खेलमा थ्रीस्टारलाई पाखा लगाउन सके आर्माीले २०७५ को फाइनलमा भोगेको हारको बदला लिनेछ । निर्धारित समयमा बराबरी भएपछि उपाधि छिनोफानोका लागि भएको टाइब्रेकरमा थ्रीस्टारले बाजी मार्दा आर्मी खाली हात फर्किएको थियो ।

आजको अन्तिम क्वाटरफाइनल जित्ने टोलीले फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दीसँग माघ १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाउँदै मनाङले सेमिफाइनलमा स्थान बनाइसेको छ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताका अन्य दुई सेमिफाइनलिस्ट टोलीका रुपमा नेपाल एपिएफ क्लब र मछिन्द्र क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १२:४४:१३
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८