नेपालका तीब्र गतिका बलर सोमपाल कामीले बनाएको विश्व कीर्तिमान वेस्ट इन्डिजका अकिल हुसेनले तोडेका छन् ।
सोमपालको नाममा टी–२० क्रिकेटमा रहेको विश्व कीर्तिमान वेस्ट इन्डिजका स्पिनर अकिलले तोडेका हुन् ।
सोमपालले आठ वर्षअघि टी–२० क्रिकेटमा १०औँ नम्बरमा ब्याटिङ गर्दै बनाएको सर्वाधिक रनको विश्व कीर्तिमान अकिलले तोडे ।
अकिलले इङल्यान्डविरुद्ध दोस्रो टी–२० क्रिकेटमा १६ बलमा तीन चौका र चार छक्का हान्दै अविजित सर्वाधिक ४४ रनको कीर्तिमान बनाएका हुन् ।
सोमपालले सन् २०१४ मा हङकङविरुद्ध १०औँ नम्बरमा ब्याटिङ गर्दै ४० रनको विश्व कीर्तिमान बनाए ।
सोमपालअघि अफगानिस्तानका हमिद हसनले दक्षिण अफ्रिकाविरुद्ध सन् २०१० मा बनाएको २२ रन टी–२० अन्तर्राष्ट्रियमा १०औँ नम्बरका खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो ।
यो पनि: