‘ए’ डिभिजन लिगको आधा सिजन : मच्छिन्द्र र सुनिल शीर्ष

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ पुस, २०७८
५ वर्षअघि

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आधा सिजन सकिएको छ ।

सोमबार दिउँसो सातौँ चरण सकिँदा लिगको आधाभन्दा धेरै खेल सकिएका हुन् ।

Advertisement

९१ खेलको लिगमा अलिहे ४९ खेल सकिएका छन् भने अब ६ चरणका ४२ खेल बाँकी छन् ।

यस्तोमा अहिले लिगले आधा सिजनको विजेता भने पाइसकेको छ ।

साविक विजेता क्लब मच्छिन्द्र आधा सिजनको विजेता बनेर एएफसी कपको लागि छनोट भएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने महाद्वीप स्तरीय प्रतियोगितामा लिग च्याम्पियन छनोट हुने प्रावधान छ ।

तर अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिगको तालिका सार्वजनिक गर्दा एएफसी क्लब लाइसन्स प्राप्त क्लबमध्ये सातौँ राउन्डसम्म शीर्षस्थानमा रहने टोलीलाई एएफसी कपमा सहभागी गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार मच्छिन्द्रले पहिलो पटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सातौँ राउन्डसम्मको प्रदर्शन उत्साहपूर्ण भएको बताउँदै एएफसीमा छनोट हुँदा खुसी लागेको सुनाए ।

उनले भने, ‘अघिल्लो वर्ष लिग च्याम्पियन बनेरपनि एएफसी क्लब लाइसन्सका कारण खेल्न पाइएन । यसपटक खेल्न पाउँदा खुसी छौँ । टोलीमा राम्रा विदेशी खेलाडी समावेश गरेर बलियो चुनौती दिनेछौँ । त्योसँगै मच्छिन्द्रको लक्ष्य लिग च्याम्पियन बन्नु हो ।’

सातौँ राउन्डसम्म अगाडि देखिए पनि मच्छिन्द्रलाई लिगको उपाधि चुम्न अझै ६ खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यद्यपि, मच्छिन्द्रले अहिले लिग तालिकाको शीर्ष पाँचमा रहेका बलिया टोलीको सामना गरिसकेको भएका कारण पनि आगामी खेल सहज हुने अपेक्षा गरेको छ ।

मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लब, सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब र  हिमालयन शेर्पाविरुद्ध खेलिसकेको छ ।

तुलनात्मक हिसाबले मच्छिन्द्रका लागि अबका प्रतिद्वन्द्वी केही सजिलो हुने देखिएको छ । लिगमा मच्छिन्द्रसँगै सङ्कटा र साविक उपविजेता आर्मीले अपराजित यात्रा कायम राखेका छन् ।

अहिले तालिकाको शीर्षस्थानमा हरेको मच्छिन्द्रको १७ अङ्क छ ।

मच्छिन्द्रलाई पछ्याएको मनाङ १६ अङ्कसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको सङ्कटासँग १३, चौथो स्थानमा रहेको आर्मीसँग ११, पाँचौँ स्थानमा रहेको थ्रीस्टार र छैटौँ स्थानमा रहेको न्युरोड टिम (एनआरटी) सँग १०-१० अङ्क छ ।

सातौँ र आठौँ स्थानमा रहेको सातदोबाटो र हिमालयन शेर्पाको समान आठ अङ्क छ । सात अङ्क बनाएको जावलाखेल नवौँ स्थानमा छ ।

लिगको उपाधि होडसँगै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) को दबाबले पनि क्लबलाई चिन्ता थपेको छ ।

अहिले फ्रेन्ड्स र च्यासल रेलिगेसनको रेखामा छन् । फ्रेन्ड्स सातौँ राउन्डसम्म एउटै खेल नजित्ने एक्लो टोली हो ।

अन्तिममा रहेको फ्रेन्ड्सको तीन अङ्क छ । १२औँ स्थानमा हरेको ब्रिगेड ब्वाइज र १३औँ स्थानमा रहेको च्यासलको समान पाँच अङ्क छ ।

समान ६ अङ्क सहित १०औँ र ११औँ स्थानमा रहेका एपिएफ र नेपाल पुलिस क्लब पनि रेलिगेसनको दबाबमा छन् । लिगको अन्तिमा रहने दुई टोली रेलिगेसन हुनेछन् ।

आधा सिजनको खेल सकिँदा पनि लिगमा सय गोल पुग्‍न सकेको छैन । त्यसैले यो सिजन सकिँदा जति कुरा भयो त्यो समग्र लिगको आधा सिजन सकिँदाको कुरा हुन् ।

यसले विजेता र उपविजेताको छनक त दिन्छ नै रेलिगेसनका सम्भावित टिमहरुको पनि जानकारी दिन्छ । लिगको सातौँ चरणका सात खेलमा १३ गोल भएपछि अहिले लिगमा ९४ गोल भएका छन् ।

यसमा, सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सूचीमा मच्छिन्द्रका सुनिल बल छन् । बलपछि सातदोबाटोमा अजयी मार्टिन्स र एपिएफका आशिष लामा छन् । उनीहरूले चार-चार गोल गरेका छन् ।

तीन गोल गर्नेमा पुलिसका सुमन लामा, च्यासलका रुमेश बर्तौला, हिमालयन शेर्पाका मुताम्बा पिस्टोन, मनाङका अन्जन विष्ट तथा सङ्कटाका निरज बस्नेत र उक्तम राई छन् ।

यो पनि : 

उत्कृष्ट लयमा रहेका मछिन्द्र र सुनिल

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०