उत्कृष्ट लयमा रहेका मछिन्द्र र सुनिल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ पुस, २०७८
५ वर्षअघि

मछिन्द्र फुटबल क्लबलाई इतिहासमै पहिलो पटक एएफसी कप छनोट प्रतियोगिता खेलाउन सफल बनेका फरवार्ड सुनिल बलले आफ्नो क्लबका प्रशिक्षक, व्यवस्थापक र सहकर्मी खेलाडीलाई धन्यवाद दिएका छन् ।

सातौँ चरणको खेलअन्तर्गत आइतबार भएको नेपाल पुलिस क्लब र मछिन्द्रबीचको खेलमा टोलीलाई जिताउन एकमात्र गोल गर्न सफल भएका बलले खेलपछि बोल्दै सबैलाई धन्यवाद दिएका हुन् ।

खेलको २१औँ मिनेटमा हेडमार्फत सुन्दर गोल गर्दै उनले मछिन्द्रलाई अग्रता दिलाएका थिए । विशाल राईले ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई पहिलो बार च्याप्दै बलले हेड गरेका थिए । उनको हेडलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाउन असमर्थ बनेपछि खेलमा मछिन्द्रले बाजी मारेको थियो ।

जारी सिजन अपराजित रहने एकमात्र टोली मछिन्द्रका फरवार्ड बल लिगका सर्वाधिक गोलकर्तासमेत हुन् । लिगमा मछिन्द्रबाट सातै खेल खेलका बलले सात खेलमा पाँच गोल गरेका छन् ।

न्यु रोड टिम (एनआरटी)विरुद्ध २–० को जित निकाल्दै लिग सुरु गरेको मछिन्द्रका लागि दुवै गोल बलले गर्दै क्लबलाई सुखद सुरुवात दिएका थिए ।

त्यसपछिका दुई खेलः त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबविरुद्ध गोलविहीन बनेका बलले तेस्रो गोल हिमालयन शेर्पाविरुद्ध गरेका थिए । चौथो चरणको खेलअन्तर्गत शेर्पाविरुद्ध मछिन्द्रले ३–० को जित निकाल्दा बलले मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सङ्कटा क्लबविरुद्ध गोलरहित बराबरी खेल्दा गोलविहीन बन्न पुगेका बलले लिगकै स्मरणीय गोल भने मनाङ मर्स्याङ्दीविरुद्ध गरेका थिए ।

एएफसी कप छनोट प्रतियोगितामा नेपालबाट सहभागी हुन जित्नै पर्ने दबाबका साथ शीर्ष स्थानको मनाङविरुद्ध मैदान उत्रिएको मछिन्द्रका लागि बलले नै दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सुन्दर गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

पेनाल्टी बक्स नजिकै पाएको फ्रिकिकमा बलले गरेको सुन्दर प्रयासले जाली चुमेको थियो । अविश्वसनीय तरिकाले खेल मछिन्द्रको कब्जामा पार्न बल सफल भएका थिए ।

पाँच खेलबाट १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको मनाङलाई पछि पार्दै मछिन्द्र उपाधि र एफएसी कप छनोटको होडमा लम्किँदा नायक बनेका तिनै बल आजको खेलमा समेत नायक बने ।

सेट पिस, अट्याक, गति र फुटबल स्किल्समा पोख्त बल आजको महत्वपूर्ण खेलमा म्यान अफ द म्याच चुनिएका छन् । आज खेलमा पनि उत्कृष्ट खेलाडी घोषित भएसँगै उनी सात खेलमा तेस्रो पटक म्यान अफ द म्याच चुनिएका हुन् ।

उनको गोलसँगै विजयी बनेको मछिन्द्र अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा एक अङ्क कम भएको मनाङ तालिकाको दोस्रो स्थानमा झरेको छ ।

सातौँ चरणको खेल सकिँदा पहिलो स्थानमा रहन सफल मछिन्द्रले आउँदो फेब्रुअरी पहिलो सातादेखि सुरु हुने एएफसी कप छनोट प्रतियोगिता खेल्नेछ । यसअघि २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेर पनि मछिन्द्र प्रतियोगितामा सहभागी हुन पाएको थिएन ।

एएफसी क्लब लाइसेन्स नुहँदा सहभागी हुन नपाएको मछिन्द्रले यस पटक भने क्लब लाइसेन्स पाइसकेको छ । लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका बल र उनको टोली मछिन्द्र एएफसी कप छनोट प्रतियोगितामा कस्तो प्रदर्शन गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित समय: आईतबार १८ पुस, २०७८, २०:५२:५७

सम्बन्धित खबर

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
९ घण्टाअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
१ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०