३० वर्षपछि सम्झनाको आधारमा बनाएको चित्रका कारण एक चिनियाँ व्यक्ति आफ्नी आमासँग भेट्न पाएका छन् ।
चार वर्षका उमेरमा अपहरणमा परेका ली जिङ्वीले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका हुन् ।
डिसेम्बर २४ तारिखमा लीले आफूले कोरेको गाउँको नक्सा भिडियो एप डोउयीनमा राखेका थिए । सोही भिडियोका कारण प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सफल भएका हुन् ।
डिएनए परीक्षणमा नाता प्रमाणित भएपछि शनिबार उनीहरूको भेट भएको बिबिसीमा उल्लेख छ ।
आमासँग पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन् । ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा एक हजार आठ सय किलोमिटर टाढा बेचिएका थिए ।
ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए ।