अस्ट्रियामा अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाइने !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ पुस, २०७८
५ वर्षअघि

अस्ट्रियामा अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाइने कानुन कार्यान्वयनमा आएको छ । यो सातादेखि अस्ट्रियामा गम्भीर रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाउने प्रावधान ल्याइएको हो ।

तर आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने छ । जसमध्ये एकजना गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेषज्ञ (प्यालीअटिभ केयर) हुनुपर्ने जनाइएको छ ।

Advertisement

चिकित्सकबाट अनुमति पाएपछि पनि आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म र निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने हुन्छ । त्यसपछि पनि मृत्यु रोजेकाहरूले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि किनेर सेवन गर्न पाउने छन् ।

प्राणघातक औषधिको दुरुपयोग रोक्नका लागि मानिसहरूले इच्छा मृत्युको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ । संवैधानिक अदालतको निर्देशनपछि गत महिना अस्ट्रियाको संसद्‌ले यससम्बन्धी कानुन बनाएको थियो । अस्ट्रियामा चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने इच्छा मृत्यु अझै पनि गैरकानुनी छ र इच्छा मृत्युमा सहयोग गर्नेलाई पाँच वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ ।

नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई इच्छा मृत्यु रोज्न रोक लगाएको छ । अस्ट्रियाबाहेक स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा इच्छा मृत्युको यो तरिकालाई अपराध मानिँदैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
५ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
५ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
२ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०