अस्ट्रियामा अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाइने !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ पुस, २०७८
५ वर्षअघि

अस्ट्रियामा अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाइने कानुन कार्यान्वयनमा आएको छ । यो सातादेखि अस्ट्रियामा गम्भीर रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर इच्छा मृत्यु रोज्न पाउने प्रावधान ल्याइएको हो ।

तर आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने छ । जसमध्ये एकजना गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेषज्ञ (प्यालीअटिभ केयर) हुनुपर्ने जनाइएको छ ।

Advertisement

चिकित्सकबाट अनुमति पाएपछि पनि आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म र निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने हुन्छ । त्यसपछि पनि मृत्यु रोजेकाहरूले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि किनेर सेवन गर्न पाउने छन् ।

प्राणघातक औषधिको दुरुपयोग रोक्नका लागि मानिसहरूले इच्छा मृत्युको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ । संवैधानिक अदालतको निर्देशनपछि गत महिना अस्ट्रियाको संसद्‌ले यससम्बन्धी कानुन बनाएको थियो । अस्ट्रियामा चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने इच्छा मृत्यु अझै पनि गैरकानुनी छ र इच्छा मृत्युमा सहयोग गर्नेलाई पाँच वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ ।

नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई इच्छा मृत्यु रोज्न रोक लगाएको छ । अस्ट्रियाबाहेक स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा इच्छा मृत्युको यो तरिकालाई अपराध मानिँदैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
१९ घण्टाअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
२० घण्टाअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
२१ घण्टाअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि

नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग

बिहिबार २२ असोज, २०८३
४ दिनअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ महिनाअघि
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०