नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

नेपाल र न्युजिल्यान्डबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यका अवसर विस्तार गर्न नयाँ पहल अघि बढाइएको छ। न्युजिल्यान्ड नेपाल वाणिज्य संघले स्थापनाको दशौँ वार्षिकोत्सवका अवसरमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने रूपरेखा सार्वजनिक गरेको हो।

नोभेम्बर १८ मा न्युजिल्यान्डको अकल्यान्डमा ‘नयाँ उचाइतर्फको यात्रा’ शीर्षकमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। न्युजिल्यान्ड नेपाल वाणिज्य संघले नेपाली राजदूतावास र अकल्यान्ड व्यापारिक मण्डलसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।

Advertisement

कार्यक्रमका क्रममा न्युजिल्यान्ड नेपाल वाणिज्य संघ र अकल्यान्ड व्यापारिक मण्डलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। संघका अध्यक्ष राज महर्जन र अकल्यान्ड व्यापारिक मण्डलकी प्रमुख सञ्चालन अधिकृत लेआ गेट्सले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

संघका अध्यक्ष महर्जनका अनुसार यस समझदारीले नेपाल र न्युजिल्यान्डका व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुका साथै व्यापार तथा लगानीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्‍याउनेछ। विगत एक दशकमा तयार भएको आधारलाई उपयोग गर्दै आगामी दिनमा व्यापारिक सम्पर्क र सहकार्यलाई थप विस्तार गर्ने संघको लक्ष्य रहेको उनले बताए।

दुई देशबीच आर्थिक सहकार्यलाई गति दिन व्यापारिक प्रतिनिधिमण्डलको नियमित आदानप्रदान आवश्यक रहेको पनि महर्जनले उल्लेख गरे।

कार्यक्रममा क्यान्टरबरी विश्वविद्यालयका प्राध्यापक डा. राजेश ढकालले प्राविधिक क्षेत्रमा नेपाल र न्युजिल्यान्डका सरकारबीच हुन सक्ने सहकार्यका विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, संघकी उपाध्यक्ष मन्दिरा रिमालले उच्च शिक्षा क्षेत्रमा व्यावसायिक संस्थाहरूबीच सहकार्यका सम्भावनाबारे जानकारी गराएकी थिइन्।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पठाएको शुभकामना सन्देशमा संघले एक दशकदेखि दुई देशबीच व्यावसायिक सम्बन्ध र आर्थिक सहकार्य सुदृढ बनाउन खेलेको भूमिकाको प्रशंसा गरिएको थियो।

कार्यक्रममा न्युजिल्यान्ड सरकारका विभिन्न निकायका प्रतिनिधि, व्यवसायी तथा सामुदायिक संस्थाका अगुवाहरूको सहभागिता रहेको थियो।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राखेपले गर्यो एन्फामाथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा

बिहिबार ४ मङ्सिर, २०८३
१६ घण्टाअघि

निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी हो : विद्यादेवी भण्डारी

बिहिबार ४ मङ्सिर, २०८३
२२ घण्टाअघि

दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि
राखेपले गर्यो एन्फामाथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा
बिहिबार ४ मङ्सिर, २०८३
निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी हो : विद्यादेवी भण्डारी
बिहिबार ४ मङ्सिर, २०८३
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०