पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पत्रकारमाथि भएको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई लोकतान्त्रिक सरकारबाट थोपरिएको ‘भद्दा निरंकुशता’ को संज्ञा दिएका छन्।

उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो हस्तक्षेपको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले नेपालले लामो बलिदानीपूर्ण संघर्षबाट निरंकुशतन्त्र परास्त गरी मौलिक विशेषतासहितको लोकतान्त्रिक व्यवस्था स्थापना गरेको स्मरण गराएका छन्। तर अहिले लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित सरकारबाटै निरंकुश व्यवहार व्यहोर्नुपरेको उनको भनाइ छ।

पत्रकारलाई गिरफ्तार गर्ने, पक्राउ गर्न पत्रिकाका कार्यालयमा प्रहरी परिचालन गरी घेराबन्दी गर्ने तथा यसमा प्रधानमन्त्रीको सचिवालयको चासो रहेको भन्ने प्रहरीको आधिकारिक जानकारी आउने तर प्रधानमन्त्रीको प्रेस सचिवालयले त्यसबारे कुनै सम्बन्ध र जानकारी नरहेको बताउने घटनाक्रमप्रति उनले आपत्ति जनाएका छन्।

‘यो सरकारले संविधानमाथि गरेको आक्रमण र निरंकुशता मात्र होइन, सरकारको न्यूनतम लोकतान्त्रिक आचरण र कार्यशैलीको घोर उल्लंघन हो,’ श्रेष्ठले लेखेका छन्।

सुशासन, समृद्धि र सामाजिक न्यायको नारा दिएर सत्तामा पुगेको सरकारले यस्तो कार्य गर्नु जनताको भावना र लोकतन्त्रमाथिको गैरजिम्मेवार खेलवाड भएको उनको टिप्पणी छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

शनिवार १५ कार्तिक, २०८३
४८ minutes

पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि

अस्पतालमा रगत अभाव भएपछि राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’
शनिवार १५ कार्तिक, २०८३
पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप
शनिवार १५ कार्तिक, २०८३
फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन
शनिवार १५ कार्तिक, २०८३
क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’
शनिवार १५ कार्तिक, २०८३
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०