विराटनगर। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीय बासिन्दासँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भइरहेको ढिलाइबारे उनीहरूको गुनासो सुनेका थिए। पुल समयमै नबन्दा दैनिक आवतजावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका थिए।
स्थानीयको समस्या सुनेपछि गृहमन्त्री गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन सडक विभागका कर्मचारीलाई निर्देशन दिएका हुन्।
उनले पुल निर्माणमा देखिएका समस्या समाधानका लागि सरकारसँग आवश्यक समन्वय गरी थप पहल गर्न पनि सम्बन्धित कर्मचारीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयले भोग्नुपरेको सास्तीलाई ध्यानमा राख्दै गुरुङले निर्माण प्रक्रिया छिटो अघि बढाउन चासो देखाएका हुन्।