क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ कार्तिक, २०८३
६ घण्टाअघि

विराटनगर। विश्वकै ठूलो क्रिप्टोकरेन्सी चोरीमध्ये एक घटना सार्वजनिक भएपछि बाइनान्सका सह-संस्थापक चाङपेङ झाओले अर्बपति एलन मस्कसँग असन्तुष्टि जनाएका छन्। करिब २० मिनेटमै ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति चोरी भएको घटनामा मस्कले व्यंग्यात्मक टिप्पणी गरेपछि झाओले यस्तो प्रतिक्रिया दिएका हुन्।

शुक्रबार मस्कले बाइनान्समा भएको साइबर आक्रमणबारे एक्समा विभिन्न पोस्टमा हाँसो र आगोका इमोजीसहित टिप्पणी गरेका थिए। त्यसको जवाफमा झाओले मस्कलाई आफूले सम्मान गर्ने भए पनि यस्तो संवेदनशील अवस्थामा मजाक नगर्न आग्रह गरे।

Advertisement

झाओले एक्समा लेखेका छन्, ‘एलन, तपाईंप्रति मेरो धेरै सम्मान छ, तर मजाक गर्ने समय ठीक छैन। कृपया यस्तो नगर्नुहोस्।’ उनले सन् २०२२ मा मस्कले ट्विटर खरिद गर्दा बाइनान्सले गरेको ५० करोड डलरको लगानीसमेत स्मरण गराएका छन्।

मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर खरिद गर्दा बाइनान्सले ५० करोड डलर लगानी गरेको थियो। पछि कम्पनीमा भएका परिवर्तनसँगै उक्त लगानी स्पेसएक्सको सेयरसँग जोडिएको झाओले बताएका छन्। उनका अनुसार सो सेयरको मूल्य अहिले एक अर्ब डलरभन्दा बढी पुगेको छ।

मस्क र झाओबीचको यो जुहारी बाइनान्समा भएको साइबर आक्रमणको खबर आउनुअघि नै सुरु भएको थियो। बुधबार झाओले एक्समा प्रयोगकर्तालाई इमेलमार्फत आउने शंकास्पद लिंक नखोल्न र अपरिचित फाइल डाउनलोड नगर्न सुझाव दिएका थिए। पठाउने व्यक्ति विश्वसनीय देखिए पनि सावधानी अपनाउन उनले आग्रह गरेका थिए।

झाओको उक्त पोस्टमा मस्कले आगो र हाँसोका इमोजी प्रयोग गरेका थिए। आक्रमणको खबर सार्वजनिक भएपछि पनि मस्कले ‘हरेक दिन नयाँ सुरक्षा जोखिम हुन्छ’ भन्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए। उनले बाइनान्सले चोरीको क्षति धान्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत कटाक्ष गरेका थिए।

त्यसपछि झाओले आक्रमणको जिम्मेवारी शंकास्पद लिंक खोल्ने व्यक्तिलाई मात्र दिन नमिल्ने बताएका छन्। उनका अनुसार यस्ता घटनामा कुनै उपकरण वा प्रणालीको सुरक्षा कमजोरीको फाइदा उठाइएको हुन सक्छ। विकासकर्ताले पत्ता लगाउनुअघि नै आक्रमणकारीले पहिचान गरेको सुरक्षा कमजोरीलाई ‘शून्य-दिनको जोखिम’ भनिन्छ।

बाइनान्सका सहकार्यकारी प्रमुख रिचर्ड टेङले प्रारम्भिक अनुसन्धानमा सुरक्षा घटनासँग सम्बन्धित प्राविधिक इन्जिनियरको ल्यापटप प्रयोग भएको हुन सक्ने देखिएको बताएका छन्। उक्त माध्यमबाट आक्रमणकारीले कम्पनीको सेवा प्रणालीमा पहुँच बनाएर अनुमति नलिएका कारोबार गरेको प्रारम्भिक अनुमान छ।

कम्पनीका अनुसार चोरी भएका सम्पत्तिमध्ये करिब तीन अर्ब डलर बराबरको रकम रोकिएको छ। बाइनान्सले प्रयोगकर्ताको पुष्टि भएको सम्पूर्ण क्षति बेहोर्ने प्रतिबद्धता पनि जनाएको छ। झाओले रोकिएको रकम र प्रयोगकर्ताको सम्पत्ति सुरक्षाका लागि छुट्याइएको कोषमा रहेको एक अर्ब डलरभन्दा बढी रकमबारे उल्लेख गर्दै बाँकी सम्भावित क्षति करिब दुई अर्ब डलर हुन सक्ने बताएका छन्।

बाइनान्सकी सहकार्यकारी प्रमुख यी हेले कम्पनीको वार्षिक आम्दानीले नै सम्भावित क्षति बेहोर्न पर्याप्त हुने बताएकी छन्। त्यसैले क्षति पूर्ति गर्न स्पेसएक्सको सेयर बेच्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। झाओले पनि आफूले उक्त सेयर बेच्ने प्रस्ताव नगरेको स्पष्ट पारेका छन्।

यस घटनामा उत्तर कोरियाली समूहको संलग्नता रहेको आशंका गरिएको छ। यद्यपि आक्रमणको जिम्मेवार पक्षबारे अनुसन्धान जारी छ। बाइनान्सले प्रयोगकर्ताको सम्पत्ति सुरक्षित राख्न र प्रभावित रकम फिर्ता ल्याउन प्रयास भइरहेको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

शनिवार १५ कार्तिक, २०८३
४६ minutes

लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’
शनिवार १५ कार्तिक, २०८३
पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप
शनिवार १५ कार्तिक, २०८३
फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन
शनिवार १५ कार्तिक, २०८३
क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’
शनिवार १५ कार्तिक, २०८३
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०