नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ कार्तिक, २०८३
५ घण्टाअघि

नेपालले थप ६ वटा हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ। यसका लागि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा नेपालले आफ्नो प्रस्ताव प्रस्तुत गरेको हो।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले महासभाको उद्घाटन सत्रमा ती हिमालको विवरणसहित अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदनमा ती हिमाललाई छुट्टाछुट्टै आठ हजार मिटरभन्दा अग्ला चुचुराका रूपमा मान्यता दिनुपर्ने आधारसमेत प्रस्तुत गरिएको छ।

Advertisement

प्रस्ताव गरिएका हिमालमा यालुङ काङ (८ हजार ५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८ हजार ४७६ मिटर), कञ्चनजङ्घा मध्य (८ हजार ४७३ मिटर), ल्होत्से मध्य (८ हजार ४१० मिटर), ल्होत्से शार (८ हजार ४०० मिटर) र यालुङ काङ पश्चिम (८ हजार ७७ मिटर) रहेका छन्।

एनएमएले यी हिमालको भौगोलिक पहिचान र उचाइ अध्ययन गर्न छुट्टै टोली गठन गरेको थियो। टोलीले प्रत्येक हिमालका अलग चुचुरा, भौगोलिक बनावट र छुट्टाछुट्टै आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले बताएका छन्।

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमा आठ हजार मिटरभन्दा अग्ला मान्यताप्राप्त हिमालको संख्या ८ बाट बढेर १४ पुग्नेछ। त्यस्तै, विश्वभर यस्ता हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ।

महासभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनु देशका लागि ठूलो उपलब्धि हुने बताएका छन्।

उनका अनुसार यसले नेपाललाई विश्व पर्वतारोहणको प्रमुख गन्तव्यका रूपमा थप चिनाउनुका साथै साहसिक पर्यटन, अनुसन्धान र हिमाली अर्थतन्त्र विस्तारका नयाँ अवसर सिर्जना गर्नेछ। नेपालको प्रस्ताव हिमालको संख्या बढाउने विषयमा मात्र सीमित नभई वैज्ञानिक अध्ययनका आधारमा मुलुकको प्राकृतिक सम्पदा र हिमाली पहिचान स्थापित गर्ने प्रयास भएको उनको भनाइ छ।

दुई दिनसम्म चल्ने महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन्। यसअघि नेपालमा सन् १९८२ र २०११ मा पनि यूआईएएको महासभा आयोजना भएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन

शुक्रबार १४ कार्तिक, २०८३
३ घण्टाअघि

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने

शुक्रबार १४ कार्तिक, २०८३
३ घण्टाअघि

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात

शुक्रबार १४ कार्तिक, २०८३
३ घण्टाअघि

अस्पतालमा रगत अभाव भएपछि राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

शुक्रबार १४ कार्तिक, २०८३
४ घण्टाअघि

सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने

शुक्रबार १४ कार्तिक, २०८३
६ घण्टाअघि
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात
शुक्रबार १४ कार्तिक, २०८३
अस्पतालमा रगत अभाव भएपछि राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान
शुक्रबार १४ कार्तिक, २०८३
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल
शुक्रबार १४ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग
शुक्रबार १४ कार्तिक, २०८३
सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने
शुक्रबार १४ कार्तिक, २०८३
डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका
शुक्रबार १४ कार्तिक, २०८३
सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०