सप्तकोशी नदी। फाइल तस्बिर। विराटनगर । कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने पुलको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले बताए ।
नयाँ पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी १४ किलोमिटर घट्नेछ। हाल परियोजनाको निर्माण प्रक्रिया अघि बढाइएको छ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँग परियोजना जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिका केही प्रक्रिया बाँकी रहेका छन्।
कोशी ब्यारेज पुरानो हुँदै गएको र सवारी चाप बढ्दै गएकाले नयाँ पुललाई वैकल्पिक मार्गका रूपमा निर्माण गर्न लागिएको हो।