विराटनगर । बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जले सम्भावित सुरक्षा जोखिमका कारण २ अर्ब ५० करोड डलरभन्दा बढी मूल्यका सम्पत्ति रोक्का गरेको जानकारी सार्वजनिक गरेपछि शुक्रबार क्रिप्टोकरेन्सी बजारमा गिरावट आएको छ।
यससँगै बिटक्वाइनको मूल्य घटेर ७७ हजार ६४६ डलर पुगेको छ, जुन पछिल्लो ६ सातायताकै न्यून हो। त्यस्तै, क्रिप्टोकरेन्सी इथेरियमको मूल्य घटेर २ हजार २३८.७६ डलरमा झरेको छ, जुन दुई महिनायताकै न्यून हो।
बाइनान्ससँग सम्बन्धित बीएनबी टोकनको मूल्य पनि पछिल्लो २४ घण्टामा ८ प्रतिशतभन्दा बढीले घटेर ६९४ डलर पुगेको छ।बाइनान्सले प्रयोगकर्ताको सम्पत्ति सुरक्षाका लागि बिटक्वाइनमा आधारित छुट्टै कोष सञ्चालन गर्दै आएको छ।
सुरक्षा जोखिमको खबरले लगानीकर्ताको विश्वास प्रभावित हुँदा प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा थप दबाब परेको छ।