विराटनगर । पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहान तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
कर्णाली याक्सले शुक्रबार उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिक जानकारी दिएको हो।३० वर्षीय दायाँहाते ब्याटर फरहानले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजित आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले प्रतियोगितामा ६ खेल खेल्दै दुई शतकसहित कुल ३८३ रन बनाएका थिए। यो प्रदर्शनसँगै उनी एकै संस्करणको पुरुष टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए ।
फरहानको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।