विराटनगर । नेपाली कम्युनिस्ट पार्टी नेकपाले शनिबारदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार दिउँसो २ः३० बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गरिनेछ।
कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।
असोज २३ गते बसेको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। साथै, आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशन गर्ने निर्णयसमेत पार्टीले गरेको छ।