विराटनगर । अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा भोकमरी तथा कुपोषणको सङ्कट गहिरिएको छ ।
आगामी वर्ष महिला तथा बालबालिकासहित ५३ लाख मानिसलाई कुपोषणको उपचार आवश्यक पर्ने अनुमान गरिएको छ । काबुलस्थित इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षका सबै २० शय्या भरिएका छन् ।
स्रोत अभावका कारण अस्पतालले थप बिरामीलाई उपचार दिन सकेको छैन ।विश्व खाद्य कार्यक्रमका अफगानिस्तानस्थित देशीय निर्देशक जोन एलिफका अनुसार आगामी केही महिनामा करिब एक करोड ९० लाख मानिस अर्थात् कुल जनसङ्ख्याको झन्डै ४० प्रतिशतले जीवन जोखिममा पार्ने तीव्र भोकमरीको सामना गर्नुपर्नेछ ।
पाँच वर्षमुनिका बालबालिका र महिलासहित ५३ लाखलाई उपचार आवश्यक पर्ने अनुमान छ, जुन सन् २०२२ को तुलनामा १३ लाख बढी हो ।