ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ भदौ, २०८३
३ घण्टाअघि

काठमाडौँ । इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो ज्वालामुखीय खरानी फैलिएसँगै आठ वटा विमानस्थलका उडान प्रभावित भएका छन्। उडान स्थगित हुँदा करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्।

ज्वालामुखीको खरानीको बादल फैलिएपछि अधिकारीहरूले राजधानी जाकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ विमानस्थलका उडान स्थगित गरेका हुन्। यातायात मन्त्रालयका अनुसार कम्तीमा १ हजार ५५८ उडान प्रभावित भएका छन्।

शुक्रबार रातिदेखि सुरु भएको ज्वालामुखी विस्फोटका क्रममा लगातार भूकम्पीय कम्पन, लाभा तथा ठूलो आवाज सुनिएको थियो। आइतबार बिहान पुनः दुई पटक शक्तिशाली विस्फोट भएपछि उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलहरू बन्द गरिएको हो।

उडान स्थगनका कारण सिंगापुर, दोहा, सिड्नी र कुआलालम्पुरलगायत अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने यात्रुहरू बढी प्रभावित भएका छन्।

इन्डोनेसियाका यातायात मन्त्री दुदी पुर्वागान्धीले एयरलाइन्सहरूलाई रद्द भएका उडानको रकम फिर्ता गर्ने प्रक्रिया छिटो गर्न तथा यात्रुलाई समयमै सूचना उपलब्ध गराउन निर्देशन दिएका छन्।

मौसम विज्ञान एजेन्सीका अनुसार ज्वालामुखीबाट निस्किएको खरानी करिब ५० हजार फिट उचाइसम्म पुगेको छ।

प्रकाशित समय: सोमबार २२ भदौ, २०८३, १०:२९:५१

सम्बन्धित खबर

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
३ घण्टाअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
१६ घण्टाअघि

क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

आईतबार २१ भदौ, २०८३
१ दिनअघि

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
३ दिनअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
४ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
४ दिनअघि
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०