भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ भदौ, २०८३
२ महिनाअघि

काठमाडौं । आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलिएका सूचना असत्य र भ्रामक रहेको जेनजी अभियन्ता रक्षा बमले स्पष्ट पारेकी छन्।

आफ्नो तस्बिर प्रयोग गरेर आन्दोलनसम्बन्धी गलत सूचना फैलाइएको भन्दै बमले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन्। उनले प्रस्तावित भनिएको आन्दोलनसँग आफ्नो र ‘जेनजी फ्रन्ट’को कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन्। रक्षा बमको नेतृत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ गठन भएको सार्वजनिक विवरणसमेत यसअघि आएको थियो।

Advertisement

भदौ २३ र २४ गते भएका घटनाको पीडा र क्षति अझै ताजै रहेको भन्दै उनले गम्भीर विषयलाई मजाक र सनसनी फैलाउने माध्यम नबनाउन आग्रह गरेकी छन्।

बमले आफूहरू शान्तिको पक्षमा रहेको र अहिले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताएकी छन्। साथै, आफ्नो नाम तथा तस्बिर दुरुपयोग गरी भ्रामक सूचना नफैलाउन र संवेदनशील विषयमा जिम्मेवार बन्न सबैलाई अपिल गरेकी छन्। पछिल्लो समय पनि बमले जेनजी आन्दोलनका घटनाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राख्दै आएकी छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०