विराटनगर । नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्।
आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरीयताको तेस्रो स्थानमा उक्लिएका हुन्।
जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन्।