विराटनगर। कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
कोशीमा कांग्रेसका २९ सांसद् छन् ।
मुख्यमन्त्री हिकमतकुमार कार्कीले विश्वासको मत लिन आग्रह गरे पनि कांग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।