देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ साउन, २०८३
१ दिनअघि

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक विदा घोषणा गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य सरकारी कार्यालयमा शोक विदा दिइएको छ। स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज निवासी ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रारम्भिक जानकारीअनुसार हिन्दु समुदायले मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको तथा त्यसअघि सो क्षेत्रमा रहेको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयलाई लिएर विवाद चर्किएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

विवादले उग्र रूप लिएपछि दुवै समुदायबीच झडप भएको जनाइएको छ।स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले ७ राउन्ड हवाई फायर गरेको सुरक्षा निकायले जनाएको छ।

यद्यपि सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्र प्रहरीले २० राउन्ड गोली चलाएको बताएका छन् ।

घटनाको गम्भीरतापछि सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका प्रमुख नारायणदत्त पौडेलसँग घटनाबारे छलफल गरेका छन्।

यस घटनापछि देवानगञ्ज क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

प्रकाशित समय: सोमबार ११ साउन, २०८३, ११:३४:५०

सम्बन्धित खबर

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
२ घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
६ घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१८ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
२१ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
२४ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
१ दिनअघि
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०