विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
यसअघि असार ३२ गते नेकपा र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि विकसित राजनीतिक परिस्थितिमा कँडेलले राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीको राजीनामासँगै अब कर्णाली प्रदेशमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा राजनीतिक चासो बढेको छ।